पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र भट्टराईविरुद्ध दायर मुद्दा निसुमा
सारांश
- सर्वोच्च अदालतले माओवादी द्वन्द्वमा बालसेना प्रयोगसम्बन्धी मुद्दामा निर्णय सुनाउने भएको छ।
- पूर्व लडाकु लेलिन विष्टले बालसेनाको प्रयोग र उचित व्यवस्थापन नभएको भन्दै रिट दायर गरेका थिए।
- रिटमा माओवादी र प्रचण्डलाई बालसेनाको विषयमा जिम्मेवार बनाउन माग गरिएको छ।
काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण इजलासले नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईविरुद्ध दर्ता भएको माओवादी द्वन्द्वका वेला बालसेना प्रयोगसम्बन्धी मुद्दालाई निर्णय सुनाउने(निसु)मा राखेको छ।
बिहीबार न्यायाधीशहरु सपना प्रधान मल्ल, सुनिलकुमार पोखरेल र शान्तिसिंह थापाको इजलासले माओवादी द्वन्द्वमा बालबालिकाको प्रयोग र उनीहरुको दुरुपयोग भएको दाबी गरिएको रिटमा सुनुवाइ सकिएसँगै निसुमा राखेको हो ।
पूर्व जनमुक्ती सेनाका आयोग्य लडाकु लेलिन विष्टले दायर गरेको रिटमा सर्वोच्चले २८ फागुनमा अन्तिम फैसला मिति तोकेको थियो । विहीबार बहस सकिएपछि भने सर्वोच्च अदालतको पूर्ण इजलासले ’निर्णय सुनाउनेमा’ राखेको छ।
माओवादीका पूर्व लडाकु विष्टले दुई वर्षअघि संक्रमणकालीन न्यायको विषय टुंग्याउन संशोधन गरिएको विधेयक अन्तर्राष्ट्रिय मानवीय कानुन अनुकुल नभएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । द्वन्द्वकालीन बालसेनाको पहिचान समाप्त गरेको र बालसैन्य भर्तीलाई गम्भीर मानव अधिकार उल्लंघनको परिभाषाबाट हटाएको भन्दै उनले त्यसलाई समावेश गर्न माग गरेका हुन्।
विष्टले जनयुद्धको समयमा आफूलाई लडाइँमा प्रयोग गरेको तर त्यसपछि कुनै पनि व्यवस्थापन र वास्ता नगरेको दाबी रिटमा गरेका छन् । पूर्व अयोग्य लडाकुको रुपमा आफूहरु भौंतारिएर हिँडेको तर माओवादी र सरकारबाट कुनै राहत वा सहयोग नपाएको जिकिर रिटमा छ ।
माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा बालसेनाको प्रयोग भएको र उनीहरुलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने नत्र माओवादी र उक्त दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जिम्मेवारी लिनुपर्ने दाबी रिटमा गरिएको छ।
सरकारले यसअघि लडाकुलाई जनही दुई लाख राहत दिने घोषणा गरेको थियो । सरकारले यसका लागि कार्यविधि पनि बनाएको थियो । तर, सर्वोच्च अदालतले रोक लगाएपछि रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण