इनिशालाई न्याय माग्दै बागलुङमा प्रदर्शन, तस्बिरहरू
सारांश
- बागलुङमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्याको विरोधमा प्रदर्शन भएको छ।
- प्रबुद्ध युवा समूहले घटनाको निष्पक्ष छानबिनको माग गर्दै न्यायका लागि प्रदर्शन गरेको हो।
- सुर्खेतको गुर्भाकोटकी इनिसा विकको वीरेन्द्रनगरमा बलात्कारपछि हत्या भएको थियो, जसमा चार जना पक्राउ परेका छन्।
बागलुङ । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकलाई न्याय माग्दै बागलुङमा विरोध प्रदर्शन भएको छ ।
प्रबुद्ध युवा समूहले बिहीबार घटनाको निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेको हो ।
न्यायका निम्ती दीप प्रज्वलन गरी सहभागीहरूले ‘इनिसा विकलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, जात व्यवस्था मुर्दावाद, बलात्कारीलाई कारबाही गर, पितृसत्ता मुर्दावादलगायत नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
सुर्खेतको गुर्भाकोट–६ बडाखोलीकी इनिसाको फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको थियो । सामूहिक बलात्कारपछि हत्या भएको भन्दै मृतकका आफन्तहरूले फागुन २५ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएका थिए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू चारै जना १८ वर्ष मुनिका रहेका प्रहरीले जनाएको छ । सुर्खेत प्रहरीले फागुन २३ गते दिउँसो नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो ।
थप अनुसन्धानका लागि फागुन २४ गते अरू तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
_anUQ1c5Bqv.jpg)
_VDTn7ucnj5.jpg)
_M7q4vLqeRk.jpg)
_ZtaWiyxVRe.jpg)
_VVJvh4KmVJ.jpg)
_ZbW9f34nW5.jpg)
_8nyoV7U8ww.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण