इनिशा विकको बलात्कारपछि हत्या : दोषीलाई कडा कारबाही गर्न नेपाल तरुण दलको माग
सारांश
- सुर्खेतमा १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या भएको घटनाप्रति तरुण दलले ध्यानाकर्षण जनाएको छ।
- दलले घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेको छ।
- निष्पक्ष छानबिन नभए देशभर आन्दोलन गर्ने चेतावनी दिँदै राज्यलाई जिम्मेवार बन्न आग्रह गरेको छ।
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर–१ निवासी १६ वर्षीया किशोरी इनिशा विकमाथि बलात्कारपछि हत्या गरिएको जघन्य र अमानवीय घटनाप्रति नेपाल तरुण दल केन्द्रीय समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ। एक निर्दोष किशोरीमाथि गरिएको यस्तो क्रूर अपराधले समग्र समाजलाई स्तब्ध बनाएको भन्दै तरुण दलले आम नागरिकमा गहिरो आक्रोश पैदा भएको उल्लेख गरेको हो।
समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि यस्तो घटनाले समाजको सुरक्षा अवस्था र राज्यको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको छ। घटनामा संलग्न अपराधीहरूलाई तत्काल पक्राउ गरी निष्पक्ष र पारदर्शी अनुसन्धानमार्फत कानुनबमोजिम हदैसम्मको कडा कारबाही गर्न नेपाल सरकार तथा सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ।
त्यस्तै, पीडित परिवारलाई शीघ्र न्याय दिलाउन, उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा आवश्यक सुरक्षा सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ। महिला तथा बालबालिकामाथि भइरहेका यस्ता जघन्य अपराध नियन्त्रण गर्न राज्य अझ जिम्मेवार र संवेदनशील ढङ्गले प्रस्तुत हुनुपर्ने आवश्यकता रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
तरुण दलले घटनाको निष्पक्ष छानबिनमा ढिलाइ भए वा दोषीलाई जोगाउने कुनै प्रयास भए आफूहरू चुप लागेर नबस्ने चेतावनी दिएको छ। आवश्यक परे देशभर न्यायको पक्षमा आवाज उठाउने र सशक्त आन्दोलन गर्न बाध्य हुने समेत समितिले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण