बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अध्यक्ष ओलीका पिताको निधनमा कांग्रेस र नेकपाका शीर्ष नेताद्वारा दुःख व्यक्त

शुक्रबार, २९ फागुन २०८२, १४ : ०५
शुक्रबार, २९ फागुन २०८२

सारांश

  • एमाले अध्यक्ष केपी ओलीका पिता मोहनप्रसाद ओलीको निधनमा कांग्रेस र नेकपाका शीर्ष नेताहरूले दुःख व्यक्त गरे।
  • मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।
  • कांग्रेस सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा, नेकपाका संयोजक प्रचण्डले समवेदना व्यक्त गरे।

काठमाडौँ । एमालेका अध्यक्ष केपी ओलीको पिता मोहनप्रसाद ओलीको निधनप्रति नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले दु:ख व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको थियो । मोहनप्रसादको निधनप्रति नेपाली कांग्रेस सभापति गगन थापा, पूर्वसभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का  संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव नेपालसहित शीर्ष नेताहरूले दु:ख व्यक्त गरेका हुन् ।

कांग्रेस सभापति गगन थापाले दुःख व्यक्त ‘दिवंगत पुण्य आत्माको मोक्ष प्राप्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै उनले कठिन घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । कांग्रेसका पूर्व सभापति देउवाले पनि ओलीका पिता मोहनप्रसादको निधनको खबरले दुःखी बनाएको भन्दै आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

नेकपाका संयोजक प्रचण्डले भनेका छन्, ‘बुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै केपी जी लगायत शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप