कम्बोडियाका अनलाइन स्क्यामिङ सेन्टरमा फसेका २१ नेपालीको उद्धार
शुक्रबार, २९ फागुन २०८२, १४ : ५८
सारांश
- कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरिएको छ, जसलाई राम्रो रोजगारीको प्रलोभनमा पारिएको थियो।
- उनीहरूलाई अवैध अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएको थियो र शुक्रबार स्वदेश फर्काइएको हो।
- बैंककस्थित नेपाली दूतावास, कम्बोडिया सरकार र एनआरएनएको सहजीकरणमा उद्धार सम्भव भएको थियो।
काठमाडौँ । राम्रो रोजगारी र धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया पुगेर अलपत्र परेका २१ जना नेपालीको उद्धार गरिएको छ।
अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ (ठगी) केन्द्र र क्यासिनोहरूमा जबर्जस्ती गैरकानुनी काममा लगाइएका उनीहरूलाई शुक्रबार स्वदेश फर्काइएको हो।
बैंककस्थित नेपाली राजदूतावासको पहल, कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूको उद्धार सम्भव भएको हो ।
दूतावासका अनुसार दलालको प्रलोभनमा परेर त्यहाँ पुगेका उनीहरू भिसा अवधि सकिएपछि पनि लुकिछिपी बस्न बाध्य थिए। दूतावासले कम्बोडियामा यस्तै कठिन परिस्थितिमा अलपत्र परेका अन्य नेपालीहरूको पनि खोजी तथा स्वदेश फर्काउने पहल निरन्तर भइरहेको विज्ञप्तिमा जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण