इरानी नागरिकलाई आगमन भिसा नदिने निर्णय
शुक्रबार, २९ फागुन २०८२, १७ : १५
सारांश
- नेपालले अब इरानी नागरिकहरूलाई अनअराइभल भिसा नदिने निर्णय गरेको छ।
- गृह मन्त्रालयका अनुसार, यो निर्णय इरानमा बढेको तनाव र सुरक्षालाई ध्यानमा राखेर गरिएको हो।
- अब इरानी नागरिकले नेपाल आउन विदेशस्थित नेपाली नियोगबाट भिसा लिनुपर्नेछ, तर कूटनीतिक राहदानी हुनेलाई यो नियम लागू हुनेछैन।
काठमाडौँ । इरानी नागरिकहरूलाई नेपाल आउँदा आगमन प्रवेशआज्ञा (अनअराइभल भिसा) नदिने निर्णय गरिएको छ । इरानी नागरिकलाई यसअघि दिँदै आएको अनअराइभल भिसा नदिने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले रातोपाटीलाई बताए ।
गृहमन्त्री स्तरीय निर्णय अनुसार अब नेपाल आउन चाहने विदेशी नागरिकले विदेशस्थित नेपाली नियोगबाट भिसा लिएर आउनुपर्ने काफ्लेले बताए । उनले भने, ‘नेपाल प्रवेश गरेपछि दिइने आगमन प्रवेशाज्ञा मात्रै नदिने निर्णय गरिएको हो ।’
इरानमा देखिएको तनावका कारण इरानी नागरिकहरू नेपाल आउने क्रम बढेपछि गृह मन्त्रालयले सुरक्षाको कारण देखाउँदै यस्तो निर्णय गरेको बताइएको छ । कूटनीतिक र अफिसियल राहदानी बाहक इरानी नागरिकलाई भने कुनै रोकावट हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण