सुर्खेतमा ग्यास सिलिन्डर होल्डिङ्ग गरेको पाइए कारबाही गरिने
आपूर्ति सहज बनाउन प्रशासनको आग्रह
शुक्रबार, २९ फागुन २०८२, १८ : ३८
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले बजारमा खाना पकाउने ग्यास, सिलिन्डर होल्डिङ्ग गरे कारबाही गरिने चेतावनी दिएको छ ।
उपभोक्ताबाट ग्यास अभाव हुन थालेको र व्यापारिले सहज आपुर्ति नगरी होल्डिङ्ग राख्न थालेको गुनासो बढेपछि प्रशासनले शुक्रबार एक सुचना जारी गर्दै त्यस्ता नगर्न आग्रह गरेको हो ।
साथै, बजारमा खाना पकाउने ग्यास (एलपी ग्यास) र इन्धनको आपूर्तिलाई सहज बनाउन पनि प्रशासनले कडा निर्देशन जारी गरेको छ ।
जारी सूचनामा भनिएको छ, ’कसैले अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ्ग गरेको पाइएमा, तोकिएको मूल्यभन्दा बढी मूल्यमा ग्यास तथा पेट्रोलियम पदार्थ बिक्री गरेको वा नयाँ सिलिन्डरको अनाधिकृत बजारीकरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण