‘मायालाई के दिऊँ म बैना’ गीतमा छमछमी नाचिन् स्वस्तिमा खड्का
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का क्युएफएक्स सिभिल मल, सुन्धारा हलमै छमछमी नाचेकी छन् । शुक्रबार आयोजित फिल्म ‘लालीबजार’ को पहिलो गीत (‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक कार्यक्रममा उनी सोही गीत बजाएर छमछम नाचेकी हुन् ।
उनलाई नृत्यमा बालकलाकार समाइरा थापाले साथ दिएकी थिइन् । अभिनेत्री खड्काको उक्त नाचलाई सबैले ताली र सिटीले साथ दिएका थिए ।
कार्यक्रममा सार्वजनिक गीतमा स्वस्तिमा र समाइरालको अलवा रवीन्द्रसिंह बानियाँ, मुकुन्द श्रेष्ठ र डेब्यु कलाकार विशाल देवकोटाको नृत्य छ । प्रदीप लामाको कोरियोग्राफी गीतमा छ । दीपिका बयाम्बु मगर र खेम सेञ्चुरी स्वर रहेको गीमा संगीत खेम सेन्चुरीकै छ भने शब्द रमेश बिजीले लेखेका हुन् ।
यम थापाको कथा तथा निर्देशन रहेको फिल्मको पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारीलगायत कलाकारहरूको अभिनय छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदी अभिनयमा डेब्यु गर्दैछन् ।
फिल्मको निर्माता रवीन्द्र सिंह बानियाँ र म्याक्स दिपेश खत्री हुन् । कार्यकारी निर्मातामा प्रदीप भट्टराई हुन् । फिल्ममा द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरूङको छ ।
कार्यक्रममा अभिनेत्री खड्काले नियमित भन्दा फरक भूमिका निर्वाह गरेकोले फिल्म दर्शकको रोजाइमा पर्ने बताइन् ।
फिल्म नयाँ वर्षको वैशाख १८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण