नेपाली ग्राहकहरूका लागि आकर्षक बचतको अवसर सहित दाराजद्वारा 'द रियल सेल'को घोषणा
सारांश
- दराज नेपालले 'द रियल सेल' अभियान घोषणा गरेको छ, जुन चैत १ देखि ६ गतेसम्म चल्नेछ।
- यस अभियानमा ग्राहकहरूले ६०% सम्मको छुट, निःशुल्क डेलिभरी र ६३ लाख बराबरको भौचर प्राप्त गर्नेछन्।
- ग्राहकको विश्वास बढाउन, दराजले 'बेष्ट प्राइस' ट्याग भएका उत्पादनहरूमा मूल्य फरकको दोब्बर फिर्ता गर्नेछ।
काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित “द रियल सेल” अभियानको घोषणा गरेको छ । यो सेल मार्च १५ (चैत १, २०८२) बेलुका ८ बजेदेखि मार्च २० (चैत ६) सम्म सञ्चालन हुने जानकारी दिएको छ ।
यस अभियान अवधिभर ग्राहकहरूले ६० प्रतिशत सम्मको छुट, छनोट गरिएका सामानहरूमा निःशुल्क डेलिभरी तथा रु. ६३ लाख बराबरका भौचरहरू सहितका आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् ।
अघिल्ला सेलहरूमा झैँ यस सेलमा पनि विशेष साझेदार अफरहरू पनि समावेश गरिएका छन् । जसअन्तर्गत प्लाटिनम पार्टनर चर्च एण्ड ड्विाइट र र्होटोका तर्फ बाट ४४ प्रतिशतसम्मको छुट, गोल्ड पार्टनर ब्राण्डहाउसका तर्फ बाट ६० प्रतिशत सम्मको छुट, तथा सिल्वर पार्टनर नाइकका तर्फ बाट ५० प्रतिशत सम्मको छुट उपलब्ध हुने जानकारी दिइएको छ ।
ग्राहकको विश्वास अझ सुदृढ बनाउन यसपटक पनि “बेष्ट प्राइस” ट्याग भएका उत्पादनहरूमा दाराजको दुई गुणा प्राइस डिफ्रेन्स रिफन्ड प्रमिस लागू हुने दराजले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । यस अन्तर्गत, यदि ग्राहकले नेपालभित्रको अर्को कुनैपनि अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा निर्धारित भन्दा कम मूल्यमा उपलब्ध भएको भेट्टाएमा र योग्यताको सर्त पूरा भएमा दराजले मूल्य फरकको दोब्बर रकम फिर्ता गर्नेछ ।
छुटहरूभन्दा बाहिर, “द रियल सेल” को उद्देश्य देशभरका ग्राहकहरूलाई मूल्य, सुविधा तथा उत्पादनहरूको विस्तृत छनोटलाई एकसाथ जोड्दै सहज र लाभदायक अनलाइन किनमेल अनुभव प्रदान गर्नु भएको कम्पनीले बताएको छ ।
यस सेल अवधि भर ग्राहकहरूले स्वास्थ्य तथा सौन्दर्य, फेशन, अडियो तथा वेयरेबल्स, फर्निचर, गृह सजावट लगायत विभिन्न क्याटेगोरीहरूमा उपलब्ध अफरहरूको लाभ लिन सक्नुहुनेछ । अभियानले उपभोक्तालाई आफ्ना मनपर्ने उत्पादनहरू आकर्षक मूल्यमा किनमेल गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण