प्रिमियर लिग
न्यूक्यासलसँग चेल्सी पराजित
आइतबार, ०१ चैत २०८२, ०३ : ११
सारांश
- शनिबार राति भएको प्रिमियर लिग खेलमा न्युकासलले चेल्सीलाई १-० गोलले हरायो।
- खेलमा न्युकासलका एन्थोनी गोर्डनले १८औं मिनेटमा निर्णायक गोल गरे।
- चेल्सीले गोल फर्काउने प्रयास गरे पनि सफल भएन, न्युकासलले महत्त्वपूर्ण ३ अंक जोड्यो।
काठमाडौँ । शनिबार राति भएको प्रिमियर लिगको खेलमा न्यूक्यासल युनाइटेडले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
खेलमा न्यूक्यासलका लागि एन्थोनी गोर्डनले गरेको सुरुवाती गोल नै निर्णायक सावित भयो । गोर्डनले खेलको १८ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछिको समयमा चेल्सीले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । खेलको निर्धारित समयसम्म चेल्सीले कुनै गोल गर्न नसकेपछि न्यूक्यासलले १–० को जित निकाल्दै महत्त्वपूर्ण ३ अङ्क जोड्न सफल भएको छ ।
त्यस्तै हिजै भएकाे अर्काे खेलममा आर्सनल विजयी भएकाे छ । आर्सनले एर्भटनलाई २–० गाेल अन्तरले पराजित गरेकाे हाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले विज्ञहरूको ‘रोस्टर’ र ‘क्लस्टर’ निर्माण गर्दै
-
स्टार्मरको उत्तराधिकारी बर्नहमसामु बेलायत सुधारको कठिन कार्यभार
-
सीमा अवलोकनका लागि जेनजी अभियन्ताहरु सुस्ता प्रस्थान
-
अमेरिकी शान्ति प्रयास ‘भाषणबाजी’ मात्र भएको टिप्पणी
-
अहिलेको व्यवस्था बचाउन र संविधानको रक्षा गर्न मेरो भूमिका रहन्छ : सांसद पार्वती विक
-
जसपा नेपालको पुरानो कार्यकारिणी समितिको बैठक सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण