रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
आइतबार, ०१ चैत २०८२, ०६ : ४६
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्दै छ।
- बैठकमा समानुपातिक उम्मेदवार सिफारिस र बालेन शाहलाई संसदीय दलको नेता बनाउनेबारे छलफल हुनेछ।
- निर्वाचन आयोगले समानुपातिक सांसदको सूची बुझाउन आजसम्मको समय दिएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्ने भएको छ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि आजको लागि सारिएको थियो ।
बैठक बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने बताइएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस र वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे बैठकमा छलफल हुने भएको छ।
समानुपातिकतर्फ प्राप्त मतको आधारमा पार्टीले ५७ सिट पाउने छ । प्रत्यक्षतर्फ १२५ सिट जितेकोले प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहने भएका छन् ।
निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद्को सूची बुझाउन आजसम्मको समय दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण