अमेरिकी नागरिकलाई तत्कालै इराक छाड्न आग्रह
सारांश
- अमेरिकाले इराकमा रहेका आफ्ना नागरिकलाई तत्काल इराक छाड्न आग्रह गरेको छ।
- इरानसँग सम्बन्धित समूहबाट सुरक्षा जोखिम बढेको भन्दै दूतावासले चेतावनी जारी गरेको हो।
- शनिबार भएको आक्रमणपछि दूतावासले इराकको आकाशमा रकेट आक्रमणको जोखिम औंल्याएको छ।
वासिङ्टन डीसी । अमेरिकाले आफ्ना नागरिकलाई तत्कालै इराक छाड्न भनेको छ । इराकस्थित अमेरिकी दूतावासले इराकमा रहेका अमेरिकी नागरिकलाई “तत्काल देश छाड्न” आग्रह गरेको हो । दूतावासले सामाजिक सञ्जालमा चेतावनी जारी गर्दै इरानसँग सम्बन्धित समूहहरूबाट सुरक्षा जोखिम बढेको जनाएको छ ।
दूतावासका अनुसार इरानसँग जोडिएका सशस्त्र समूहहरूले इराकमा सार्वजनिक सुरक्षामाथि ठुलो खतरा उत्पन्न गरेका छन् । यसअघि पनि अमेरिकी नागरिक, अमेरिकी हित तथा महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरेर आक्रमण भएको बताइएको छ ।
चेतावनीमा अमेरिकी नागरिकलाई इराकमै बसिरहन सोचिरहेका भए पनि आफ्नो निर्णय पुनर्विचार गर्न भनिएको छ । साथै अहिलेको सुरक्षा अवस्थाका कारण बगदादस्थित अमेरिकी दूतावास वा एर्बिलस्थित वाणिज्य दूतावासमा नआउन आग्रह गरिएको छ ।
शनिबार भएको एक आक्रमणमा दूतावास परिसर पनि प्रभावित भएको थियो। उक्त घटनापछि क्षेत्रमा सुरक्षा सतर्कता झन बढाइएको छ । दूतावासका अनुसार अहिले इराकको आकाश क्षेत्रमा रकेट, ड्रोन र मोर्टार आक्रमणको जोखिम उच्च रहेको छ, त्यसैले अमेरिकी नागरिकलाई सम्भव भएसम्म चाँडो देश छाड्न सल्लाह दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण