अहिले पार्टीको सम्पूर्ण ध्यान समानुपातिक सांसदहरूको सूची टुंग्याउने विषयमा केन्द्रित : रास्वपा प्रवक्ता
सारांश
- रास्वपाका प्रवक्ता मनिष झाले समानुपातिक सांसदहरूको सूची टुंग्याउने विषयमा ध्यान केन्द्रित रहेको बताए।
- निर्वाचन आयोगलाई उत्कृष्ट र समावेशी सूची बुझाउने तयारी भइरहेको र सरकारको कुरा पछि हुने उनले बताए।
- सचिवालय बैठकले समानुपातिक सांसदहरूको अन्तिम नामावली टुंगो लगाउने प्रवक्ता झाले जानकारी दिए।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले अहिले पार्टीको सम्पूर्ण ध्यान समानुपातिकतर्फका सांसदहरूको सूची टुंग्याउने विषयमा केन्द्रित रहेको बताएका छन्।
निर्वाचन आयोगले तोकेको समयसीमाभित्र उत्कृष्ट र समावेशी सूची बुझाउने तयारी भइरहेको जानकारी दिँदै त्यसपछि मात्रै सरकारको कुरा हुने बताए ।
आइतबार पार्टी कार्यालयमा आयोजित सचिवालय बैठकअघि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता झाले आजै बस्ने पार्टीको सचिवालय बैठकले समानुपातिक सांसदहरूको अन्तिम नामावली टुंगो लगाउने बताए।
'हाम्रो पहिलो प्राथमिकता भनेको निर्वाचन आयोगलाई समानुपातिक सांसदको सूची बुझाउने हो। संविधानले तोकेको ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्दै दलित, जनजाति, मधेसी लगायतको उत्कृष्ट समावेशी अभ्यासलाई हामी समावेश गर्नेछौँ,' उनले भने।
नयाँ बन्ने बहुमतको सरकारमा रास्वपाले प्रभावकारी काम गर्ने संकेत गर्दै प्रवक्ता झाले बाहिर चलिरहेको मन्त्रालय बाँडफाँडको चर्चालाई पार्टीले सकारात्मक रूपमा लिएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण