सचिवालय बैठक
रास्वपाद्वारा ५७ जना समानुपातिक सांसदको नाम प्रस्ताव
आइतबार, ०१ चैत २०८२, १३ : ३०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फबाट सांसद बन्ने ५७ जनाको नाम प्रस्ताव गरेको छ।
- सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली प्रस्ताव गरेको प्रवक्ता मनिष झाले बताए।
- पार्टीले विभिन्न क्लस्टरबाट सांसदहरूको नाम टुङ्गो लगाएको छ, तर विवरण सार्वजनिक गरेको छैन।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फबाट सांसद बन्ने ५७ जनाको नाम प्रस्ताव गरेको छ ।
आइतबार बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली प्रस्ताव गरिएको बैठकपछि प्रवक्ता मनिष झाले जानकारी दिए ।
झाका अनुसार खास आर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसी ९, दलित ८, थारु ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुङ्गो लगाइएको छ ।
यी क्लस्टरबाट कोको परे भन्ने रास्वपाले खुलाएको छैन । निर्वाचन आयोगले यी नामावली रुजु गरेर अप्रुभ गरेपछि मात्रै नाम सार्वजनिक हुने प्रवक्ता झाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण