बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इनिशा विक हत्या प्रकरणमा गृहमन्त्रीकाे प्रतिबद्धता : दोषीलाई कानुनी दायरामा ल्याउँछाैँ

आइतबार, ०१ चैत २०८२, १४ : ४६
आइतबार, ०१ चैत २०८२

सारांश

  • नेपाल दलित मुक्ति मोर्चाले सुर्खेतकी १६ वर्षीया किशोरी इनिशा विकको हत्याको निष्पक्ष छानबिनको माग गरेको छ।
  • मोर्चाले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्नलाई कारबाही र पीडित परिवारलाई न्याय दिन माग गरेको छ।
  • गृहमन्त्रीले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन्।

काठमाडौँ । नेपाल दलित मुक्ति मोर्चाले सुर्खेतकी १६ वर्षिया किशोरी इनिशा विक हत्याको निष्पक्ष अनुसन्धान र दोषीलाई कानुन बमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ । 

सङ्गठनका अध्यक्ष दलजित श्रीपालीसहितको टोलीले आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याई पीडित परिवारलाई न्याय दिन माग गरेको हो । 

साथै मोर्चाले घटनामा संलग्नलाई कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै पीडित परिवारमा पर्न गएको भौतिक तथा मनोवैज्ञानिक क्षतिको मूल्याङ्कन गरी न्याय र उचित क्षतिपूर्तिको लागि माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री अर्यालले घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकमा दण्डहीनताको अन्त्य हुनुपर्ने भन्दै कुनै पनि प्रकारका आपराधिक घटना र अवाञ्छित गतिविधि नियन्त्रण गरी शान्ति सुव्यवस्था कायम गर्न सरकार जिम्मेवारीताका साथ लागि परेको जानकारी समेत दिए । 

सुर्खेतको गुर्भाकोट नपा.–६ स्थायी घर भई हाल वीरेन्द्रनगर–१ म बसोबास गर्दै स्थानीय उषा बालबाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत विकको सामूहिक बलात्कारपछि हत्या भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप