एउटै कुकुरले टोकेर एकै दिन १७ जना घाइते
आइतबार, ०१ चैत २०८२, १९ : १७
दोधारा चाँदनी (कञ्चनपुर), १ चैतः कञ्चनपुरमा कुकुरको टोकाइबाट एकै दिन १७ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४ स्थित बजारका विभिन्न स्थानमा कुकुरको टोकाइबाट १७ जना घाइते भएका हुन् । प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले घाइतेहरूको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको जानकारी दिए ।
उक्त कुकुरलाई नियन्त्रणमा लिएर भेटिनरी अस्पतालमा बुझाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण