बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

तनुजा पाण्डेले सरकारलाई भनिन्– सहिदको रगतको मजाक नगर्नुस्

आइतबार, ०१ चैत २०८२, १९ : ५७
आइतबार, ०१ चैत २०८२

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा मनोनित गर्ने निर्णय गरेपछि जेनजी अभियान्ताहरूले विरोध जनाउन थालेका छन् ।

जेनजी अभियान्ता तनुजा पाण्डेले सामाजिक सञ्जालमार्फत सरकारको निर्णयप्रति आपत्ति जनाउँदै सरकारलाई प्रश्न गरेकी छन् । उनले लेखेकी छिन्, 'जनतालाई उल्लु बनाएर पुगेन हजुर ? शहीदको रगतको मजाक नगर्नुस् ।'

पाण्डेले आदर्श श्रेष्ठ यसअघि पनि विवादमा मुछिएका पात्र भएको उल्लेख गर्दै आफ्नी पत्नी संगीता श्रेष्ठलाई सहसचिव सरहको स्वकीय सहसचिव बनाउने प्रयास गरेको घटना अझै ताजा रहेको बताएकी छन् ।

उनले सरकारको पछिल्लो निर्णयलाई ‘घिनलाग्दो राजनीति’को संज्ञा दिँदै यस्तो कदमले सुशासनको प्रतिवद्धतामाथि प्रश्न उठ्ने टिप्पणी गरेकी छन् ।

पाण्डेले आफ्नो स्टाटसमा लेखेकी छिन्, 'आसेपासेवादबाट माथि उठ्ने कुरा गर्नेहरूकै वरिपरि यस्ता घटनाहरू बारम्बार दोहोरिनु आफैंमा व्यंग्य जस्तै लाग्छ । ‘आदर्श’ प्रकरणले फेरि एकपटक देखायो, यहाँ समस्या पात्रहरूको मात्र होइन, संस्कृतिको हो ।'

उनले सत्तामा बस्नेहरूलाई इतिहासबाट पाठ सिक्न पनि चेतावनी दिएकी छन् । 'अलिकति लाज पनि मान्नुहोस्, अलिकति डर पनि मान्नुहोस् । देश र शहीदमाथि मजाक गरिन्छ भने मजाक गर्नेहरूको अवस्था कस्तो हुन्छ भन्ने कुरा हरेक दशकमा नेपालमा देख्न सकिन्छ,' उनले लेखेकी छन् ।

सरकारले गरेको उक्त निर्णयपछि सामाजिक सञ्जालमा समेत विभिन्न प्रतिक्रिया आउन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप