योगमाया आयुर्वेद विश्वविद्यालय केन्द्रीय कलेज स्थापनासँगै स्नातकोत्तर सञ्चालन
सारांश
- सङ्खुवासभामा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कलेज स्थापना भयो र स्नातकोत्तर कक्षा सुरु भयो।
- विश्वविद्यालयले आयुर्वेदिक शिक्षा र अनुसन्धानलाई बढावा दिने पहल थालेको छ।
- कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुखले उच्च शिक्षा र आयुर्वेदको विकासमा जोड दिए।
सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदवारिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयअन्तर्गत केन्द्रीय कलेज स्थापना तथा स्नातकोत्तर तहका कक्षा सञ्चालनको औपचारिक उद्घाटन गरिएको छ ।
आइतबार यहाँ आयोजित एक विशेष कार्यक्रमकाबीच विश्वविद्यालयको केन्द्रीय कलेज उद्घाटन गर्दै उच्च शिक्षाका कार्यक्रम सुरु गरिएको घोषणा गरिएको हो । विश्वविद्यालयका उपकुलपति डा रमेश ढुङ्गेलले सम्बोधन गर्दै आयुर्वेदिक शिक्षा र अनुसन्धानलाई सुदृढ बनाउन विश्वविद्यालयले महत्त्वपूर्ण पहल थालेको बताए । उपकुलपति ढुङ्गेलले खाँदवारिमा केन्द्रीय कलेज स्थापना हुनु सङ्खुवासभा जिल्लाका साथै समग्र कोशी प्रदेशकै लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए । उनले आयुर्वेद क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न स्नातकोत्तर तहको कक्षा सञ्चालनले नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले संस्थाको स्थापना र स्नातकोत्तर कक्षाको सञ्चालनलाई ऐतिहासिक उपलब्धि मान्दै यसले जिल्लामा उच्च शिक्षा र आयुर्वेद क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने आशा व्यक्त गरे ।
वक्ताहरूका अनुसार हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी तथा प्राकृतिक स्रोतको वैज्ञानिक अध्ययन र उपयोगमार्फत आयुर्वेद चिकित्सा प्रणालीलाई अझ प्रभावकारी बनाउने लक्ष्य विश्वविद्यालयले लिएको छ । योगमाया आयुर्वेद विश्वविद्यालय “योगमाया आयुर्वेद विश्वविद्यालय ऐन, २०७९” अनुसार स्थापना गरिएको हो । यसको केन्द्रीय कार्यालय खाँदवारि नगरपालिका–९ तुम्लिङटारमा रहेको छ ।
सतिप्रथा अन्त्यका लागि लड्ने क्रान्तियोद्धा योगमाया न्यौपानेको जन्म १९१७ सालमा भोजपुरको षडानन्द नगरपालिका–१, नेपालेडाँडा मझुवाबेँसीमा भएको थियो । देशमा जकडिएको सतिप्रथा अन्त्यका लागि पटकपटक तत्कालीन राणा सरकारसँंग माग गर्दा कुनै निर्णय नभएपछि योगमायाले अभियान नै सञ्चालन गरेकी थिइन् । सतिप्रथा, छुवाछूत प्रथा अन्त्यको लागि नारा लगाउँदै विसं १९९८ असार २२ गते अरुण नदीमा योगमायासहित ६८ जनाले जलसमाधी लिएका थिए । उनीहरुले समाधि लिएको ठाउँ षडानन्द नगरपालिका–६ मझुवावेसीमा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण