कुनै पनि दलले बिगारेनन् समानुपातिक सूची
सारांश
- निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ सांसदको सूची नबिग्रिएको जनाएको छ।
- आयोगले दलहरूले पठाएका सूची अध्ययन गरिरहेको र सोमबार साँझसम्म सूची प्रकाशित गर्ने तयारी गरेको छ।
- ६ पार्टीले समानुपातिकतर्फ सांसद बनाउन आवश्यक मत प्राप्त गरेका थिए।
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ सांसद पाएका कुनै पनि दलले पठाएको सूची नबिग्रिएको बताएको छ । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव यज्ञप्रसाद भट्टराईले आयोगमा सूची पेस गरेका कुनै पनि दलको सूची नबिग्रिएको जानकारी दिए ।
‘हामीले दलहरूले पठाएका सूची अध्ययन गरिरहेका छौँ । सबै दलले क्लस्टर मिलाएर सूची पठाएका छन् । कसैको बिग्रेको छैन,’ भट्टराईले रातोपाटीसँग भने ।
उनले आफूहरूले सूची रुजु गरिरहेको र सोमबार साँझसम्म सूची प्रकाशित गर्ने तयारी गरिरहेको जानकारी पनि भट्टराईले दिए ।
समानुपातिकतर्फ ६ पार्टीले सांसद बनाउन पुग्ने मत ल्याएका थिए । आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेपाली कम्युनिष्ट पार्टीले ९ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम सस्कृति पार्टीले ४/४ सिट पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण