६ हजारभन्दा बढी सिलिन्डर लुकाएर राखेको फेला परेपछि श्रीराम ग्यास उद्योगलाई तीन लाख रुपैयाँ जरिवाना
सोमबार, ०२ चैत २०८२, १८ : ५९
सारांश
- वाणिज्य विभागले ६ हजारभन्दा बढी सिलिन्डर लुकाएको आरोपमा श्रीराम ग्यास उद्योगलाई ३ लाख जरिवाना गरेको छ।
- ललितपुरको हरिसिद्धिमा अनुगमन गर्दा श्रीराम ग्यास उद्योगले सिलिन्डर लुकाएको फेला पारेको थियो।
- विभागले बडिमालिका खाद्यान्न भण्डारलाई १५ हजार र दुवाडी स्टोरलाई ५ हजार जरिवाना गरेको छ।
काठमाडौँ । ६ हजारभन्दा बढी सिलिन्डर लुकाएर राखेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योग ३ लाख रुपैयाँ जरिवान तिराएको छ ।
विभाग र आयल निगमको टोलीले सोमबार गरेको अनुगमनमा उद्योगले ललितपुरको हरिसिद्धिमा ६ हजारभन्दा धेरै ग्यास सिलिन्डर लुकाएको पाइएको हो ।
साथै विभागले बडिमालिका खाद्यान्न भण्डारलाई १५ हजार र दुवाडी स्टोर एण्ड मल्टी ट्रेडलाई ५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।
अन्य १८ वटा खाद्य स्टोरलाई सामान्य निर्देशन दिएको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण