‘हामी तीन भाइ’को ट्रेलरमा अंशबन्डाको विवाद
सारांश
- मधुसूदन भट्टराई निर्देशित फिल्म 'हामी तीन भाइ' अंशबन्डाको कथामा आधारित छ।
- फिल्ममा तीन दाजुभाइको सम्बन्धमा आउने उतारचढावलाई देखाइएको छ, जसलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ।
- फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल विष्ट लगायतका कलाकारको अभिनय रहेको छ र चैत १३ गते रिलिज हुनेछ।
काठमाडौँ । मधुसूदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ भाइहरू बिच अंशको भागबन्डाको कथामा निर्माण भएको छ । फिल्मको सोमबार साँझ सार्वजनिक ट्रेलरले पनि सोही कथा झल्काउन खोजेको छ ।
एउटा गाउँका तीन दाजुभाइ विनोद न्यौपाने, कुशल विष्ट र फलित राई एकदमै मिल्छन् । उनीहरूका बुबा आमाले तीन भाइ कहिल्यै नछुटिनु भनेर बितेका हुन्छन् । बाबुआमाको भनाइलाई आत्मसाथ गर्दै अगाडी बढेका तीनै भाइ खेतबारी बारीमा होस् या कुनै काम, मिलेर गर्छन् । दाइले नकुटेको दिन किन आफूलाई दाइले कुटेनन् भनेर पनि गुनासो गर्छ। जब विनोदका भाइ कुशल र फलितले बिहे गर्छन् त्यसपछि उनीहरूको सम्बन्धमा दरार आउँछ । फिल्मको ट्रेलरले यही कथा बुझाउन खोजेको छ ।
अहिले हाम्रो समाजमा भइरहेको अंशका लागि भाइभाइ बिचको लडाई फिल्ममा देख्न सकिने निर्देशक भट्टराईले बताए । ट्रेलरमा फिल्मका मुख्य कलाकार विनोद न्यौपाने,लक्ष्मी बर्देवा,कुशल विष्ट,जाहान्वी बस्नेत,फलित राई,आश्मा गिरी,राजाराम पौडेल,रवीन्द्र झा लगायतलाई सबै अटाएका छन्। फिल्मलाई निर्देशक भट्टराईले कमेडी जनरामा मार्मिक कथा भन्न खोजेका छन्।
फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत,फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार(, विकास चापागाईँ शुष्मा निरौला, यादव देवकोटा (सरापे),अन्जु हमाल,तारा शर्मा,पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ,शुष्मा जिम्बा,खिन्न बहादुर भण्डारी (भोले),गोविन्द प्रसाद पौडेल,भूमिका गिरी,टेकराज पौडेल, अमृतमान महर्जन लगायतले अभिनय छ ।
साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा संवाद शिवं अधिकारीले लेखेका हुन्। प्रसिद्धि सिने आट्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्मको निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन्। साथै कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन्। सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन्।
फिल्मलाई शिव ढकालले खिचेको हुन् भने सम्पादन बनिश शाहले गरेका छन्। फिल्ममा संगीत साप शक्ति, बाबुल गिरीले भरेका छन्। नृत्य कमल राई, द्वन्द्व निर्देशन देव महर्जनले गरेका छन् ।
चैत १३ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण