सांसदहरूको शपथ र पहिलो बैठक बहुउद्देश्यीय हलमा हुने
सारांश
- नवनिर्वाचित सांसदहरूको शपथ र प्रारम्भिक बैठक सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा हुनेछन्।
- नयाँ संसद् भवन निर्माण सम्पन्न नहुँदा, संघीय संसद् सचिवालयले बहुउद्देश्यीय हल प्रयोग गर्ने तयारी गरेको छ।
- शपथ ग्रहण र प्रारम्भिक बैठकका लागि बहुउद्देश्यीय हल ३ दिनभित्र तयार हुनेछ।
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा हुने भएका छन् ।
नयाँ भवनमा बैठकका लागि बनाइएको हल निर्माण हुन समय लाग्ने भएपछि सङ्घीय संसद् सचिवालयले बहुउद्देश्यीय हल तत्कालका लागि प्रयोग गर्न तयारी गरिरहेको हो ।
सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले शपथ ग्रहण र प्रारम्भिक बैठकहरूका लागि वैकल्पिक हलको व्यवस्था गरिएको जानकारी दिए ।
‘पुतली बगैँचामा बन्न लागेको नयाँ भवनमा प्रतिनिधिसभाको बैठक बस्नका लागि बनाउन लागिएको हल तत्काल निर्माण सम्पन्न हुने अवस्था देखिएन । त्यसैले शपथ ग्रहण र प्रारम्भिक बैठकहरूका लागि बहुउद्देश्यीय हल तयार गरिरहेका छौँ,’ प्रवक्ता गिरीले रातोपाटीसँग भने, ‘३ दिनभित्र तयार भइसक्छ । सचिवालयको प्रयोगका लागि निर्माण गरिएको हो । अहिले काम चलाउन त्यसैलाई प्रयोग गर्न लागेका हौँ ।’
संसद् भवनको बैठक बस्ने नियमित हल बन्न कति समय लाग्छ भन्ने यकिन नभएको उनको भनाइ छ । गत फागुन २१ गते भएको निर्वाचनबाट नयाँ सांसदहरू निर्वाचित भएका आएका छन् । ती सांसदहरूको शपथ कहिले हुने र पहिलो बैठक कहिले बस्ने भन्ने यकिन भइसकेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण