१३ अङ्कले बढ्यो नेप्से परिसूचक
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ८१२ दशमलव ३४ बिन्दुमा कायम भएको छ ।
आज ३४० कम्पनीको तीन करोड ४८ लाख ५२ हजार ७६० कित्ता सेयर एक लाख छ हजार १४० पटक खरिद–बिक्री हुँदा रु १२ अर्ब तीन करोड ४४ लाख छ हजार ३२८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा बैङ्किङ शून्य दशमलव ८४, विकास बैङ्क शून्य दशमलव ६४, जलविद्युत् एक दशमलव ५९, लगानी शून्य दशमलव ६१, उत्पादन तथा प्रशोधन शून्य दशमलव २९ र म्युचुअल फन्ड शून्य दशमलव ३६ प्रतिशले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।
वित्त शून्य दशमलव १९, होटल तथा पर्यटन शून्य दशमलव १७, जीवन बिमा शून्य दशमलव ३१, लघुवित्त शून्य दशमलव २६, निर्जीवन बिमा शून्य दशमलव ०३, व्यापार शून्य दशमलव २१ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले घटेको छ ।
रिलाइन्स स्पिनिङ मिल्स लिमिटेड र सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने एनआइसी एसिया ग्रोथ फन्ड–२ को सेयर मूल्य चार दशमलव ७४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरे रिदी पावर कम्पनी लिमिटेडको रु ५६ करोड ३७ लाख ६१ हजार ७२५ बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै शिवश्री हाइड्रोपावर लिमिटेडको १९ लाख २३ हजार ७४ कित्ता सेयर किनबेच भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण