राहदानी सेवा प्रभावित हुन सक्ने, सेवाग्राहीलाई समयमै आवेदन दिन आग्रह
सारांश
- राहदानी विभागले नयाँ प्रणालीमा परिवर्तन गर्दा राहदानी सेवा प्रभावित हुने सम्भावना छ।
- नयाँ प्रणालीमा स्विच गरेपछि १ देखि ३ महिनासम्म सेवा पूर्ण रूपमा सञ्चालन नहुन सक्छ।
- कतारस्थित दूतावासले राहदानी बनाउनुपर्ने सेवाग्राहीलाई समयमै आवेदन दिन आग्रह गरेको छ।
काठमाडौँ । राहदानी विभागले हाल सञ्चालनमा रहेको प्रणालीलाई नयाँ प्रणालीमा परिवर्तन गर्ने तयारी गरेसँगै केही समय राहदानी सेवा प्रभावित हुन सक्ने भएको छ। विभागद्वारा २०८२ फागुन २८ गते जारी सूचनाअनुसार नयाँ प्रणालीमा सम्भावित रूपमा २०८३ जेठ महिनामा ‘स्विच’ गरिने जनाइएको छ।
विभागका अनुसार प्रणाली परिवर्तनपछिको १ देखि ३ महिनासम्म (सम्भवत: असोज मसान्तसम्म) नयाँ प्रणाली पूर्ण रूपमा स्थिर नहुन सक्ने, सानातिना प्राविधिक समस्या देखिन सक्ने तथा सेवा पूर्ण क्षमतामा सञ्चालन हुन नसक्ने अवस्था रहन सक्छ।
यस अवधिमा राहदानी विभागबाट प्रदान गरिने सेवा अधिकतम १ हप्तासम्म र विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने सेवा १ देखि ३ हप्तासम्म बन्द हुन सक्ने चेतावनी दिइएको छ।
यसै सन्दर्भमा दोहा कतारस्थित नेपाली राजदूतावासले मंगलबार सूचना जारी गर्दै कतार र इरानमा रहेका सेवाग्राहीलाई समयमै सचेत रहन आग्रह गरेको छ। राजदूतावासले २०८३ असोज मसान्तभित्र राहदानी बनाउनुपर्ने सेवाग्राहीहरूलाई २०८३ वैशाख २० गतेभित्र अनलाइन आवेदन (प्रि-इन्रोलमेन्ट) प्रक्रिया पूरा गर्न अनुरोध गरेको हो।
राजदूतावासले प्रणाली परिवर्तनका कारण हुन सक्ने असुविधालाई ध्यानमा राख्दै आवश्यक योजना बनाएर समयमै आवेदन दिन सबै सेवाग्राहीलाई अपिल गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण