‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने
सारांश
- गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ बन्दीपुरमा आयोजना हुने भएको छ।
- मार्टको मुख्य उद्देश्य ग्रामीण पर्यटन प्रवर्द्धन गर्नु हो, जुन वैशाख १८ र १९ गते हुनेछ।
- यसपटक मार्टमा होमस्टे, कृषि फार्म लगायतका ३० वटा कक्ष रहनेछन्।
गण्डकी । तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवम् गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशको सह–आयोजनामा सो मार्ट हुन लागेको हो ।
गण्डकी प्रदेशको ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आगामी वैशाख १८ र १९ गते मार्ट गर्न लागिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले बताए ।
पोखरा पर्यटन परिषद्, होमस्टे महासङ्घ नेपाल, गण्डकी प्रदेशलगायत पर्यटन सम्बद्ध सङ्घसंस्थासँगको सहकार्यमा हुने मार्टमा गण्डकी प्रदेशका सामुदायिक घरबास (होमस्टे), पर्यटकीय कृषि फार्म (फार्म स्टे) सहित विभिन्न ३० वटा होमस्टे कक्षहरू रहने उनले जानकारी दिए ।
यसअघि मार्टका तीन वटा संस्करण पोखरामा गरिएकामा यस पटक भने बन्दीपुरमा गर्न लागिएको हो । मार्टमार्फत भिजिट मधेस २०८३, पोखरा भ्रमण वर्ष समेतलाई समेट्न खोजिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण