बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्रेडमार्क विवाद : नेपाली उद्योगविरुद्धको उजुरीमा सरकारले दियो ७ दिने अल्टिमेटम

बुधबार, ०४ चैत २०८२, ०८ : ०१
बुधबार, ०४ चैत २०८२

सारांश

  • उद्योग विभागले ट्रेडमार्क विवादमा परेका नेपाली उद्योगहरूलाई सात दिनभित्र लिखित जवाफ दिन अल्टिमेटम दिएको छ।
  • विभिन्न बहुराष्ट्रिय कम्पनीको उजुरीपछि विभागले ११ वटा उद्योगलाई जवाफ पठाएको थियो, तर सुनुवाइ भएन।
  • विभागले तोकिएको समयमा जवाफ नदिए कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।

काठमाडौँ । विश्वविख्यात बहुराष्ट्रिय कम्पनीहरूले आफ्ना ट्रेडमार्क (ब्रान्ड) सँग नाम र लोगो जुधाएको भन्दै नेपाली उद्योगहरूविरुद्ध दिएको उजुरीउपर उद्योग विभागले सक्रियता बढाएको छ । 

विभागले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै उजुरी परेका ११ वटा नेपाली उद्योगहरूलाई सात दिनभित्र लिखित जवाफसहित उपस्थित हुन अन्तिम अल्टिमेटम दिएको हो।

विभागले यसअघि नै सम्बन्धित उद्योगहरूको ठेगानामा लिखित प्रतिक्रिया माग गर्दै पत्र पठाए पनि हालसम्म कुनै जवाफ नआएको र म्याद तामेली प्रतिवेदन समेत प्राप्त नभएकाले सार्वजनिक सूचना जारी गर्नुपरेको जनाएको छ।

'सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र विभागको कानुन शाखामा सबुत प्रमाणसहित लिखित प्रतिक्रिया पेस गरी हाजिर हुनहुन सूचित गरिन्छ,' विभागको सूचनामा उल्लेख छ। तोकिएको म्यादभित्र लिखित प्रतिक्रिया नआएमा कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने र पछि कुनै उजुरी नलाग्ने चेतावनी समेत विभागले दिएको छ।

650051826_2368868920204850_3962044688575336910_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप