प्रदर्शनमा रोकपछि ‘कोशेढुंगा’ले गर्यो फेरि सेन्सर
सारांश
- चलचित्र 'कोशेढुंगा' लाई निर्माण युनिटले १३-१४ मिनेटको दृश्य हटाएर पुनः सेन्सर गरेको छ।
- गत भदौमा सेन्सर नियम उल्लंघनको विवादपछि बोर्डले फिल्मको प्रदर्शन रोकेको थियो।
- स्पष्टीकरणपछि, फिल्मको सार्वजनिक प्रदर्शन र फेस्टिभल सहभागिता रोकिएपछि पुनः सेन्सर माग गरिएको थियो।
काठमाडौँ । फिल्म ‘कोशेढुंगा’ फेरि सेन्सर गरिएको छ । निर्माण युनिटले फिल्ममा रहेको १३, १४ मिनेटको दृश्य छोट्याएर पुनः सेन्सर गराको हो । फिल्मको दोस्रो सेन्सर मंगलबार भएको चलचित्र सेन्सर बोर्डका सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिए ।
गत भदौमा प्रदर्शनमा आएको फिल्म प्रदर्शनरत समयमा सेन्सर नियम नमानेको भनेर विवादमा पनि परेको थियो । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले बोर्डको निर्देशन नमानेको भन्दै फिल्मको प्रदर्शनमा रोक लगाएको थियो ।
सेन्सरको रोकपछि फिल्मको सार्वजनिक प्रदर्शन तथा फेस्टिभल सहभागितामा समेत रोक लागेको थियो । फिल्मको सबै प्रदर्शन रोक लागेपछि निर्माण युनिटले सेन्सर बोर्डमा स्पष्टीकरण दिँदै फिल्म पुनः सेन्सर माग गरेको थियो ।
सरोज पौडेल निर्देशित श्री नरदेवी फिल्म्स् प्रा.लिद्वारा निर्मित ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, मन्जिल कुमार, सरोज खनाल र हिउँवाला गौतमले अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण