२९ घण्टादेखिको ब्ल्याकआउटबिच क्युबामा विद्युत् सेवा सुचारु
काठमाडौँ । क्युबाले पावर ग्रिड रिकनेक्ट गरेर तेलबाट चल्ने आफ्नो सबैभन्दा ठुलो ऊर्जा केन्द्रलाई सञ्चालनमा ल्याएको छ । यो सँगै २९ घण्टाभन्दा बढी समयदेखि देशभरमा व्याप्त बिजुली कटौतीको अवस्था अन्त्य भएको अधिकारीहरूले बताएका छन् ।
ब्ल्याकआउटका कारण झन्डै एक करोड मानिसहरू रातभर अँध्यारोमा परेका थिए । मंगलबार स्थानीय समयअनुसार साँझ करिब ६ः११ बजे मात्रै क्युबाको पावर ग्रिड पूर्ण रूपमा अनलाइनमा आएको बताइएको छ । तर पर्याप्त विद्युत् उत्पादन नभएकोले ऊर्जा अभाव जारी रहन सक्ने चेतावनी सरकारका अधिकारीहरूले दिएका छन् ।
अमेरिकाले क्युबाको तेल आपूर्ति रोकिदिएपछि बिजुली उत्पादन प्रभावित भएको छ । अमेरिकाले भेनेजुएलाबाट क्युबातर्फको तेल आपूर्ति रोकिदिँदा क्युबाको ऊर्जा सङ्कट झन् गहिरिएको छ ।
क्युबाली राष्ट्रपति मिगुएल डियाज–कानेलले अमेरिकी दुर्व्यवहार र देशको सार्वभौम अधिकारमाथि दिइएका धम्कीहरूको कडा रूपमा आलोचना गरेका छन्।
अमेरिकाले आफ्नो देशका स्रोत, सम्पत्ति र अर्थतन्त्र नियन्त्रणमा लिन योजना बनाइरहेको अनि आत्मसमर्पण गर्न बाध्य पार्ने प्रयास गरिरहेको उनले सामाजिक सञ्जालमा एउटा पोस्टमा उनले भनेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण