बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जुकरबर्ग र मस्कको नाममा पेन्सनहोल्डर शिक्षिकाबाट लुटियो सवा करोड बढी

बुधबार, ०४ चैत २०८२, १६ : १७
बुधबार, ०४ चैत २०८२

सारांश

  • कानपुरमा मार्क जुकरबर्ग र एलन मस्कको नाम प्रयोग गरी एक शिक्षिकालाई १.५७ करोड भारु ठगी गरियो।
  • ठगहरूले इन्टरनेसनल स्कुल खोल्ने र लगानीको प्रलोभन देखाएर रकम ठगेका थिए, जसमा मस्क र जस टर्नरको नाम प्रयोग गरियो।
  • प्रहरीले ३०.४२ लाख भारु फ्रिज गरेको छ र साइबर अपराध शाखाले घटनाको अनुसन्धान गरिरहेको छ।

कानपुर/भारत । कानपुरमा साइबर अपराधीहरूले फेसबुकका संस्थापक मार्क जुकरबर्ग र विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको नाम प्रयोग गरेर एक सेवानिवृत्त शिक्षिकालाई सवा करोडभन्दा बढी रकम ठगी गरेका छन् । यो सनसनीपूर्ण ठगी जालो भने २०२५ जनवरी २५ देखि सुरु भएको थियो । 

कानपुरको प्रतिष्ठित मेथोडिस्ट हाई स्कुलकी सेवानिवृत्त शिक्षिका एलिसन वीम्सको फेसबुकमा एक व्यक्तिको सन्देश आउँछ । सन्देशमा एक जनाले आफूलाई मार्क जुकरबर्ग भएको बताउँछ । च्याटिमार्फत विश्वास जितेपछि उसले एलिसनलाई कानपुरमा 'इन्टरनेसनल स्कुल' खोल्ने व्यापार प्रस्ताव दिन्छ । 

मस्क र जस टर्नरको नाममा ठगी

ठगहरू त्यतिमा रोकिँदैनन् । जुकरबर्गपछि अर्को जालसाजीले सम्पर्क गर्छ, जसले आफूलाई अमेरिकी गायक जस टर्नर र एलन मस्कको सहयोगी भएको बताउँछ र शिक्षिकालाई स्कुलमा ठुलो जागिर र लगानीको लोभ देखाउँछ । २०२६ फेब्रुअरी २० सम्म विभिन्न बैंक खाताहरूमा 'प्रोसेसिङ शुल्क' र 'लगानी'को नाममा लाखौं रुपैयाँ जम्मा गराउँछ । 

ठगीका लागि जालसाजीहरूले बिजनेस प्रपोजलको नाममा अन्तर्राषष्ट्रिय स्कुल खोल्ने बहाना बनाएका थिए । जब शिक्षिकाले पैसा फिर्ता मागिन् तब एक व्यक्ति फेडेक्स पार्सल र कस्टम ड्युटीको नाममा थप पैसा ठगी गर्न सफल हुन्छ । 

यस घटनामा साइबर हेल्पलाइन र कानुनी सहायताको नाटक रचिएको थियो । दिल्लीका अधिवक्ता अशोक सुरेश र साइबर प्रहरी अधिकारी सन्दीप बनेर ठगहरूले सम्पर्क गरेका थिए । उनीहरूले 'विजडम क्यापिटल'मा लगानीको रकम २.२३ करोड भारु पुगेको दाबी गर्छन् र जसलाई निकाल्न कर र स्ट्याम्प ड्युटी तिर्नुपर्ने बताउँछन् । आरोपीहरूले यति चलाखीपूर्ण तरिकाले जाल बिछ्याएका थिए कि शिक्षिका आफ्नो सेवानिवृत्ति कोष  म्युचुअल फण्ड र जीवनभरको सम्पूर्ण बचत उनीहरूलाई सुम्पिन पुग्छिन् । 

पुलिसको कारबाही, ३० लाख रुपैयाँ फ्रिज 

जब एलिसनलाई ठगी भएको महसुस हुन्छ, तबसम्म उनी १.५७ करोड भारु रुपैयाँ गुमाइसकेको अवस्थामा हुन्छिन् । गएको सोमबार कानपुर साइबर क्राइम ब्रान्चमा यस घटनाबारे एफआईआर दर्ता भएको छ ।

एडीसीपी अञ्जली विश्वकर्माका अनुसार प्रहरीले द्रुत कारबाही गर्दै नेसनल साइबर क्राइम रिपोर्टिङ पोर्टलको मद्दतले विभिन्न खाताहरूमा पठाइएका ३०.४२ लाख भारु फ्रिज गराइदिएको छ । जुन बैंक खाताहरूमा पैसा ट्रान्सफर गरिएको थियो तिनीहरूको अनुसन्धान भइरहेको छ । 

डिजिटल फुटप्रिन्टमार्फत आरोपीहरूको भने खोजी जारी भइरहेको प्रहरीको दाबी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप