प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता : कोशी प्रदेशको १८ सदस्यीय टोली घोषणा
मोरङ । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि कोशी प्रदेशको क्रिकेट टोली घोषणा गरिएको छ।
उक्त प्रतियोगिताका लागि सुजन थपलियाको कप्तानीमा टोलीको घोषणा गरिएको कोशी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष सर्वजीतराज पाण्डेले जानकारी दिनुभयो । विराटनगर–६ स्थित मेरिलेवन ज्वाला क्रिकेट रङ्गशालामा हिजो सम्पन्न खेलमा खेलाडी छनोट गरिएको थियो।
खेलाडी छनोट प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरका खेलाडीको सहभागिता थियो । उक्त प्रतियोगिताका लागि १५ खेलाडी, प्रशिक्षक, टोली व्यवस्थापक र फिजियोसहित १८ सदस्यीय टोलीको घोषणा गरिएको छ । प्रतियोगितामा कप्तान थपलियासहित झापाबाट ६, मोरङबाट चार, उदयपुरबाट तीन, सुनसरी र इलामबाट एक/एकजना खेलाडी छनोट भएको अध्यक्ष पाण्डेले बताए।
प्रतियोगिताका लागि प्रशिक्षकमा राजकुमार प्रधान, व्यवस्थापकमा शशीशेखर झा र फिजियोमा विपिन भट्टराई रहेका छन् । टोलीमा मोरङबाट उपकप्तानमा शाकिब हक, फिर्दोष अन्सारी, दिपेश कँडेल, प्रेम कामत, झापाबाट थपलिया बाहेक समिर कार्की, अङ्कित सुवेदी, ज्ञानेन्द्र श्रेष्ठ, आशिक राना मगर र विपिन महतो, सुनसरीबाट रोहन साह, इलामबाट शिवाङस बजगार्इं तथा उदयपुरबाट सोनु अन्सारी, प्रभात किरण हाङखिम र सुमन श्रेष्ठ चयन भएका छन्।
बागमती र मधेस प्रदेशको संयुक्त आयोजनामा हुने प्रतियोगितामा कोशी प्रदेशले नौ वटा खेल खेल्नेछ । प्रतियोगितामा कोशीसहित सात प्रदेश, तीन विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली एपिएफ र त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुने जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण