अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरियो
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ वर्षीया सरु राईलाई अत्यधिक रक्तश्राव भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन् ।
सुत्केरी राईलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको हो । आज बिहान ८ बजे अस्पताल सङ्खुवासभामा शल्यक्रिया गरिएपछि सुत्केरी राईलाई अत्यधिक रक्तश्राव भएपछि हेलिकप्टरबाट उद्धार गरिएको हो । उनको काठमाडौँको थापाथली प्रसूति गृहमा पठाइएको जिल्ला अस्पतालका प्रमुख सन्तोष देवले बताए ।
सुत्केरी राईको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको थापाथली प्रसूति गृहमा लगिएको उनको भनाइ छ ।
दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुर्याउने व्यवस्था मिलाउने गरेको छ । दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार कार्यविधि २०७७ अनुसार उद्धार गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण