प्रकाश सपुतले रविलाई भने– इमानदारिता कम्तीमा पाँच वर्ष कायम रहोस् है
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता तथा गायक प्रकाश सपुतले पार्टी सभापति रवि लामिछानेलाई इमानदारिता कम्तीमा पाँच वर्ष कायम राख्न आग्रह गरेका छन् ।
मंगलबारदेखि ललितपुरको ग्वार्कोस्थित रोयल टुलिपमा सांसदहरूका लागि आयोजित अभिमुखीकरणमा सभापति लामिछानेकाे सम्बोधनलाई सकारात्मक लिँदै उनले बुधबार समाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे टिप्पणी गरेका हुन् ।
सञ्जालमा सभपातिसँग भएकाे भेटकाे एक भिडियाे राख्दै सांसदहरूलाई प्रशिक्षण गर्ने क्रममा देखिएको ऊर्जा, इमानदारिता, परिपक्वता र स्पष्टता कम्तीमा पाँच वर्ष कायम राख्न आग्रह गरेका हुन् ।
उनले लेखेका छन्,‘आज नयाँ सांसदहरूलाई प्रशिक्षण गर्ने क्रममा देखिएको ऊर्जा, इमानदारिता, परिपक्वता र स्पष्टता कम्तीमा यो ५ वर्ष कायम रहोस् है रवि दाइ ।’
रास्वपाको समानुपातिक बन्दसूचीमा प्रकाश सपुतको नाम समावेश भए पनि उनी सांसद भने बन्न सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण