कवाडी व्यवस्थापनका क्रममा धमिरा लागेका पुस्तक नष्ट भएको मनमोहन विश्वविद्यालयको स्पष्टीकरण
सारांश
- मनमोहन प्राविधिक विश्वविद्यालयले सामाजिक सञ्जालमा आएका तस्वीर र सूचनाप्रति ध्यानाकर्षण जनाएको छ।
- विश्वविद्यालयले पुराना वर्कशप खाली गर्दा कवाडी सामान र धमिरा लागेका पुस्तकहरू नष्ट गरेको जनाएको छ।
- सामाजिक सञ्जालमा चिनियाँ राष्ट्रपतिको पुस्तक जलाइएको विषयमा चर्चा भएको थियो।
काठमाडौँ । मनमोहन प्राविधिक विश्वविद्यालयले सामाजिक सञ्जालमा आफ्नो संस्थासँग जोडेर सार्वजनिक भएका तस्वीर तथा सूचनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विश्वविद्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै स्कुल अफ इन्जिनियरिङ अन्तर्गत सिभिल इन्जिनियरिङ विभागका नयाँ ल्याबहरू स्थापना गर्नका लागि पुराना वर्कशप खाली गर्ने क्रममा केही सामग्री व्यवस्थापन गरिएको स्पष्ट पारेको हो । विगत लामो समयदेखि प्रयोगमा नआएका, कवाडी अवस्थामा रहेका सामान र पूर्ण रूपमा मक्किएका तथा धमिरा लागेका केही पुस्तकहरू मात्र सरसफाइका क्रममा नष्ट भएको विश्वविद्यालयले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राम्रो अवस्थामा रहेका पुस्तक तथा सामग्रीहरू छुट्याएर सुरक्षित राखिएको छ । सामाजिक सञ्जालमा चर्चा गरिएजस्तो कुनै विशेष पुस्तक वा सामग्रीलाई लक्षित गरी नष्ट गरिएको होइन । ’
यसअघि विश्वविद्यालय परिसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको पुस्तक ‘द गभर्मेन्स अफ चाइना’ जलाइएको विषय चर्चामा आएकाे थियाे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण