गलातासारेमाथि लिभरपुलको सानदार जित, समग्रमा ४–१ को नतिजासहित क्वार्टरफाइनलमा
सारांश
- लिभरपुलले च्याम्पियन्स लिगको राउण्ड अफ १६ मा गलातासारेलाई ४-० ले हरायो।
- पहिलो लेगमा पछि परेको लिभरपुलले समग्रमा ४-१ को नतिजासहित क्वार्टरफाइनलमा स्थान बनायो।
- डोमिनिक सोबोस्लाई, ह्युगो एकिटिके, रायन ग्राभेनबर्च र मोहम्मद सलाहले गोल गरे।
काठमाडौँ । च्याम्पियन्स लिगको राउण्ड अफ १६ को दोस्रो लेगमा इङ्लिस क्लब लिभरपुलले टर्किस क्लब गलातासारेमाथि ४–० को सहज जित दर्ता गरेको छ। यो सानदार जितसँगै लिभरपुल समग्रमा ४–१ को नतिजासहित प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुलले खेलको सुरुदेखि नै बलियो पकड जमाएको थियो । खेलको २५औँ मिनेटमा डोमिनिक सोबोस्लाईले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा भने ११ मिनेटको अन्तरालमा थप तीन गोल गर्दै गलातासारेलाई स्तब्ध बनायो ।
खेलको ५१औँ मिनेटमा ह्युगो एकिटिकेले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसको दुई मिनेट लगत्तै ५३औँ मिनेटमा रायन ग्राभेनबर्चले अर्को गोल थपे । खेलको ६२औँ मिनेटमा स्टार स्ट्राइकर मोहम्मद सलाहले गोल गरेपछि लिभरपुलको जित सुनिश्चित भएको थियो ।
पहिलो लेगमा गलातासारेले १–० को अग्रता लिएको भए पनि दोस्रो लेगमा लिभरपुलको आक्रामक खेल अगाडि टर्किस टोली निरिह देखियो । रक्षात्मक र आक्रामक दुवै पक्षमा उत्कृष्ट प्रदर्शन गरेको लिभरपुलले अब क्वार्टरफाइनलमा आफ्नो यात्रा तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण