प्रधानमन्त्री कार्कीले गरिन् रारा तालको भ्रमण
बिहीबार, ०५ चैत २०८२, १३ : २६
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले मुगुको रारा तालको भ्रमण गरिन्।
- उनले रारा तालको अवलोकन गरिन् र सुरक्षा निकायसँग छलफल गरिन्।
- कार्कीले निर्वाचन सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिइन्।
सुर्खेत । प्रधानमन्त्री सुशीला कार्कीले मुगुको रारा तालको भ्रमण गरेकी छिन् । बिहीबार नेपाली सेनाको हेलिकप्टरमार्फत रारा पुगेकी कार्कीले तालको अवलोकन गरिन् ।
साथै, सुरक्षा निकायसँग छलफल गर्दै जुम्ला फर्किएको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले रातोपाटीलाई बताए ।

रारा पुगेर कार्कीले भनिन्- ‘कर्णालीको विकट भौगोलिक अवस्था र सीमित स्रोत साधनका बाबजुद निर्वाचन सफल पार्न भूमिका खेल्ने सम्पूर्ण कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद ।’
प्रधानमन्त्री कार्की आज जुम्लामै बास बस्नेछिन् । उनको औपचारिक कार्यक्रम भने कुनै नभएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए ।
जुम्लामा कार्कीले चन्दननाथ मन्दीर दर्शन गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण