विद्यालय उमेरका २० हजार विद्यार्थीको आँखा जाँच गराउँदै काठमाडौँ महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालय उमेरका २० हजार विद्यार्थीहरूको आँखा जाँच तथा प्रारम्भिक उपचारका लागि नेपाल आँखा अस्पतालसँग सम्झौता गरेको छ ।
बिहीबार कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहवरमा स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि कार्यवाहक प्रमुख डङ्गोलले बालबालिकाहरूमा अत्यधिक मोबाइलको लत बसेकाले सम्भावित दृष्टि दोष पत्ता लगाएर आँखाको स्वास्थ्य प्रवर्द्धन गर्न अस्पतालसँग सहकार्य गरिएको बताइन् । ‘सामुदायिक विद्यालयसँगै संस्थागत विद्यालयका विद्यार्थीको पनि आँखा जाँच गराइनेछ,’ उनको भनाइ थियो ।
सम्झौता बमोजिम अस्पतालले विशेषज्ञ चिकित्सकबाट कम्तीमा ३० वटा विद्यालयका २० हजार विद्यार्थीहरूको आँखा जाँच गर्नु पर्नेछ । जाँचपछि औषधि र आवश्यक परे चस्मा पनि प्रदान गर्नुपर्ने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण