१ करोड ८९ लाख मतदाता सहभागी, बदर मत ४.७ प्रतिशतमा सीमित
काठमाडौँ । निर्वाचन आायेगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा बदर मतको संख्यामा उल्लेख्य गिरावट आएको बताएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले यसबारे जानकारी दिएका हुन् ।
विशिष्ट परिस्थिति र भौगोलिक चुनौतीका बाबजुद १ करोड ८९ लाख भन्दा बढी मतदाताले आफ्नो मताधिकार प्रयोग गरेका भट्टराईले बताए । अन्तिम नामावली अनुसार कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम रहेका पनि उनले बताए । जसमा महिला मतदाताको संख्या ९२ लाख ४० हजार १३१ र पुरुष मतदाताको संख्या ९६ लाख ६३ हजार ३५८ छ । अन्य लिङ्गी मतदाताको संख्या मात्र २ सय रहेको छ ।
'यसपटकको निर्वाचनको अर्को सुखद पक्ष भनेको बदर मतको संख्यामा आएको कमी हो,' उनले भने । आयोगका अनुसार यसपटक औसत बदर मत ४.७ प्रतिशतमा सीमित छ । प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत मत बदर भएको तथ्यांक छ ।
मतदाता शिक्षा कार्यक्रम र सरल मतपत्र डिजाइनका कारण बदर मतको संख्या नियन्त्रणमा आएको आयोगको विश्लेषण छ । निर्वाचनलाई निष्पक्ष बनाउन २२ वटा कूटनीतिक निकायका १६४ जना र राष्ट्रियस्तरका ३५ वटा गैरसरकारी संस्थाहरूले पर्यवेक्षण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण