कालीगण्डकी दोहन रोक्न बागलुङ र पर्वतका सांसदले गराए ध्यानाकर्षण
सारांश
- नवनिर्वाचित सांसदहरूले कालीगण्डकी नदीको संरक्षणका लागि संयुक्त वक्तव्य जारी गरेका छन्।
- उनीहरूले नदीमा भइरहेको अनियन्त्रित उत्खनन रोक्न र दोषीलाई कारबाही गर्न माग गरेका छन्।
- सांसदहरूले कालीगण्डकीलाई विशेष संरक्षित क्षेत्र घोषणा गर्न र कानुनी व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता जनाए।
बागलुङ । कालीगण्डकी नदीको संरक्षणका लागि बागलुङ र पर्वतका नवनिर्वाचित सांसदले चासो दिएका छन् । विश्वको एक मात्र शालिग्राम पाइने कालीगण्डकी नदी पछिल्लो समय तीव्र गतिमा दोहन हुँदै गएपछि दोहन रोक्नका लागि संयुक्त वक्तव्यमार्फत अनुरोध गरेका छन् ।
बागलुङ– १ बाट निर्वाचित सुशील खड्का, २ बाट निर्वाचित सोम शर्मा र पर्वतबाट निर्वाचित सागर भुसालले संयुक्त वक्तव्य निकाल्दै दोहन रोक्न अनुरोध गरेका हुन् । नदीको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक महत्त्व जोगाउन तत्काल कदम चाल्नु पर्ने पर्ने वक्तव्यमा उल्लेख छ ।
धार्मिक आस्थामा भगवान् विष्णुको प्रतीक मानिने शालिग्रामले नेपालका धार्मिक तथा सांस्कृतिक पहिचानमा विशेष स्थान ओगटेको तर पछिल्लो समय नदीमा भइरहेको अनियन्त्रित उत्खननले यसको पारिस्थितिक सन्तुलन र सांस्कृतिक सम्पदामा गम्भीर असर पारिरहेको वक्तव्यमा उल्लेख छ ।
नदी दोहनका गतिविधि नेपालका कानुन विपरीत रहेको भन्दै यस्ता कार्य तत्काल रोक्न र दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन् । संविधानले सुनिश्चित गरेको स्वच्छ वातावरणको अधिकार र धार्मिक स्वतन्त्रतामाथि समेत यसले असर पुर्याएको उनीहरूले बताएका छन् ।
उनहरूले कालीगण्डकी नदीलाई विशेष संरक्षित क्षेत्र घोषणा गर्न माग गरेका छन् । आगामी संसद् अधिवेशनमा यस विषयलाई औपचारिक रूपमा उठाई दीर्घकालीन संरक्षणका लागि आवश्यक नीति तथा कानुनी व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धतासमेत उनीहरूले जनाएका छन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रको बुँदा ८९ को मर्म अनुसार कालीगण्डकी नदीलाई विशेष संरक्षित क्षेत्र घोषणा गर्नु आगामी सरकारको प्राथमिकता बनाउन हामी जोडदार माग गर्दछौँ’, वक्तव्यमा भनिएको छ ।
संसद् अधिवेशन प्रारम्भ हुनासाथ यस विषयलाई औपचारिक रुपमा संसदमा प्रस्तुत गरी कालीगण्डकी नदीको दीर्घकालीन संरक्षण सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानुनी पहल अघि बढाउने उनीहरूले प्रतिबद्धता जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण