नेपाल जेन–जी फ्रन्टद्वारा संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारको भर्त्सना
सारांश
- नेपाल जेन-जी फ्रन्टले संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारको भर्त्सना गरेको छ।
- माइतीघर मण्डलमा प्रदर्शनका क्रममा बममाथि दुर्व्यवहार भएको कुरा विज्ञप्तिमा उल्लेख छ।
- आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेन-जी समूहले प्रदर्शन गर्दै आएका छन्।
काठमाडौं । नेपाल जेन–जी फ्रन्टले आफ्ना संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारको भर्त्सना गरेको छ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै फ्रन्टले बिहीबार माइतीघर मण्डलमा जारी शान्तिपूर्ण प्रदर्शनका क्रममा बममाथि भएको दुर्व्यवहार एक सभ्य लोकतान्त्रिक समाजका लागि असह्य रहेको बताएको छ।
गत भदौ २३ र २४ गतेका घटनाहरूको निष्पक्ष छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेन–जी समूहहरूले विगत केही समयदेखि माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएका छन्।
सहिद र घाइतेहरूको बलिदानीप्रतिको सामूहिक दायित्व बोध गर्दै शान्तिपूर्ण रूपमा आवाज उठाइरहेको अवस्थामा आन्दोलनकारीमाथि नै प्रहार हुनु निन्दनीय रहेको फ्रन्टको ठहर छ।
विज्ञप्तिमा संयोजक रक्षा बमलाई आन्दोलनको सुरुवाती क्षणदेखि नै विचलित नभई लोकतान्त्रिक मूल्य र मान्यताको पक्षमा उत्रिने एक निडर नेतृत्वका रूपमा चित्रण गरिएको छ। आन्दोलनभित्र रहने असहमति, पीडा र आक्रोश स्वाभाविक भए पनि त्यसको निशाना आन्दोलनकारी नभई राज्य हुनुपर्नेमा फ्रन्टले जोड दिएको छ।
राज्यले अझैसम्म सत्य लुकाएर प्रतिवेदन सार्वजनिक नगरेको अवस्थामा आफ्नै साथीहरूमाथि हुने दुर्व्यवहारले आन्दोलनलाई कमजोर बनाउने चेतावनी समेत दिइएको छ।
नेपाल जेन–जी फ्रन्टले यस्ता अवरोध र आक्रमणबाट आफ्नो प्रतिबद्धता र मनोबल कत्ति पनि विचलित नहुने स्पष्ट पारेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण