राजनीति
कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति गगन थापा गएनन्, कुर्सी खाली
शुक्रबार, ०६ चैत २०८२, १३ : ४६
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु भयो।
- प्रतिनिधिसभा बैठकमा पार्टीको हारपछि सभापति गगन थापाले राजीनामा दिएका छन्, उनी बैठकमा उपस्थित छैनन्।
- बैठकमा उपसभापति विश्वप्रकाश शर्माले अध्यक्षता गरिरहेका छन् र निर्वाचनको समीक्षा हुनेछ।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । बैठकमा गत फागुन २१ गते भएको प्रतिनिधिसभा बैठकमा पार्टीले अप्रत्याशित हार व्यहोरेको भन्दै सभापति पदबाट राजीनामा दिएका सभापति गगन थापा उपस्थित छैनन् ।
बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गरिरहेका छन् । तर, बैठकमा सभापति थापाको कुर्सी खाली राखिएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सभापति थापा बैठकमा नआउने जानकारी दिए ।
सहमहामन्त्री उदय शमशेर राणाका अनुसार बैठकमा प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरिनेछ भने सभापति थापाले दिएको राजीनामाबारे पनि छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण