शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

इन्फिनिक्स नेपालको ब्रान्ड एम्बेसडरमा क्रिकेटर दीपेन्द्र सिंह ऐरी नियुक्त

शुक्रबार, ०६ चैत २०८२, १३ : ५८
शुक्रबार, ०६ चैत २०८२

सारांश

  • इन्फिनिक्स नेपालले क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
  • कम्पनीले 'नोट ६०' सिरिज सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
  • दीपेन्द्रको खेल शैली र इन्फिनिक्सको ब्रान्ड पहिचान मिल्दोजुल्दो रहेको छ।

काठमाडौँ । स्मार्टफोन ब्रान्ड इन्फिनिक्स नेपालले चर्चित राष्ट्रिय क्रिकेटर दीपेन्द्र सिंह ऐरीलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। युवा पुस्ता र प्रदर्शनप्रेमी ग्राहकहरूमाझ आफ्नो उपस्थिति थप मजबुत बनाउने उद्देश्यका साथ कम्पनीले ऐरीलाई ब्रान्डको आधिकारिक अनुहारका रूपमा घोषणा गरेको हो।

कम्पनीको बहुप्रतीक्षित 'नोट ६०' सिरिज सार्वजनिक गर्ने तयारी भइरहेका बेला यो साझेदारी सार्वजनिक गरिएको छ। कीर्तिमानी क्रिकेटर ऐरीको निर्भीक खेल शैली, गति र उत्कृष्ट प्रदर्शन इन्फिनिक्सको ब्रान्ड पहिचानसँग मेल खाने कम्पनीले जनाएको छ। 

साझेदारीबारे बोल्दै इन्फिनिक्स नेपालका कन्ट्री म्यानेजर पियुष गिरीले दीपेन्द्रको आत्मविश्वास र निरन्तरताको यात्राले ब्रान्डको मूल्यमान्यतालाई प्रतिनिधित्व गर्ने बताए । 

यस्तै, क्रिकेटर ऐरीले पनि युवाहरूसँग नजिक रहेको र नवीन प्रविधिमा केन्द्रित इन्फिनिक्स जस्तो अन्तर्राष्ट्रिय ब्रान्डसँग जोडिन पाउँदा खुसी व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप