सुटकेसमा महिलाको शव फेला : अझै खुलेन पहिचान
सारांश
- पोखरामा एक महिलाको शव सुटकेसमा फेला परेको थियो, घटनाको एक महिना बितिसक्दा पनि मृतकको पहिचान हुन सकेको छैन।
- प्रहरीले महिलाको तस्बिर सार्वजनिक गरेको छ र घटनामा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
- मृतकको घाँटीमा धारिलो हतियार प्रयोग गरिएको र प्रहरीले देशभरका युनिटहरूमा हुलिया परिपत्र गरेको छ।
पोखरा । करिब १ महिना अघि पोखरा महानगरपालिका १७ ड्यामसाइडमा शङ्कास्पद सुटकेस फेला पर्यो । खोलेर हेर्दा उक्त सुटकेसमा महिलाको शव भेटियो।
हत्या गरेर सुटकेसमा शव हालेर फालिएको थियो । घटना भएको १ महिना बित्नै लाग्दा न मृतकको पहिचान खुलेको छ न त घटनाका दोषीहरू पक्राउ परेका छन् । पोखरा १७ सीतापानी स्थित पार्दी खोलामा शव भेटिएको हो ।
अन्दाजी २२ देखि २५ वर्ष उमेरकी महिलाको पहिचानका लागि प्रहरीले तस्बिर सार्वजनिक गरेको छ । हालसम्म ती महिलाको पहिचान नखुलेको कास्की प्रहरीले जनाएको छ ।
महिलाको घाँटीमा धारिलो हतियारले रेटेर हत्या गरिएको प्रहरीको प्रारम्भिक रिपोर्टले देखाएको छ । प्रहरीले पहिचानका लागि विभिन्न माध्यमहरूको प्रयोग गरेको छ ।
महिलाको पहिचान नखुलेको मात्रै होइन, घटनामा संलग्नहरूको समेत पत्तो लागेको छैन । एक पुरुष पक्राउ परेका छन् । उनीमाथि अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए ।
‘घटनामा संलग्न भएको आशङ्कामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘अरू पनि संलग्न छन् भन्ने प्रारम्भिक रिपोर्टले देखाएको छ । हामी खोजी गरिरहेका छौँ ।’
मृतकको हुलिया सार्वजनिक गरे पनि हालसम्म कोही आफन्त सम्पर्कमा नआएकाले प्रहरीले देशभरका प्रहरी युनिटहरूमा हुलिया परिपत्र गरेको र अन्य संलग्नहरूको खोजी कार्य जारी राखेको बस्नेतले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण