दिल्लीबाट क्यानाडाका लागि उडेको एयर इन्डियाको विमान ९ घण्टापछि दिल्लीमै अवतरण
सारांश
- एयर इन्डियाको दिल्लीबाट क्यानाडाको लागि उडेको विमान प्राविधिक कारणले दिल्लीमै अवतरण भयो।
- विमान चीनको आकाशमा पुगेपछि एयर इन्डियाको व्यवस्थापनले फिर्ता बोलाएको थियो।
- गलत विमान प्रयोग गरिएको कारणले गर्दा क्यानाडा उडानको अनुमति थिएन।
नयाँ दिल्ली । दिल्लीबाट क्यानाडाका लागि उडेको एयर इन्डियाको एउटा विमान ९ घण्टाको उडानका बाबजुद दिल्लीमै अवतरण गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार बिहान स्थानीय समय अनुसार ११ः३४ बजे नयाँ दिल्लीबाट क्यानाडाका लागि उडेको विमान सोही दिन बेलुका ७ः१९ बजे नयाँ दिल्लीमै अवतरण गरेको हो ।
उक्त विमान चिनियाँ वायु क्षेत्रमा पुगेर पुनः भारततिर फर्किएको हो । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार चीनको कुनमिङ क्षेत्रको आकाशमा पुगेको अवस्थामा एयर इन्डियाकै व्यवस्थापन टिमले उक्त विमानलाई फिर्ता बोलाएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार एयर इन्डियासँग क्यानाडाका लागि आफ्नो बोइङ ७७७–३०० एस्टेन्डेड रेन्ज (इआर) विमान सञ्चालन गर्ने अनुमति छ । बिहीबार एयर इन्डियाले क्यानाडातर्फ पठाएको विमान बोइङ ७७७–२०० लङ्ग रेन्ज (एलआर) रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दिल्लीबाट उठेको सो विमानलाई क्यानाडा उडानको अनुमति नरहेको तर असावधानीबस उक्त विमानमा यात्री राखेर पठाएका कारण बिच बाटोबाटै फिर्ता बोलाउनु परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोनाल्डोको गोलसँगै पोर्चुगल खेलमा फर्कियो, क्रोएसियासँग १–१ को बराबरी
-
फिफाको नियम यूईएफएलाई अमान्य, मुख छोप्ने खेलाडीलाई रातो कार्ड नदिइने
-
क्रोएसियाले हान्यो गोल, पछि पर्यो रोनाल्डोको टोली
-
सालझन्डी–ढोरपाटन सडक : १८ वर्षमा भौतिक प्रगति ४५ प्रतिशतमा सीमित
-
किभमा रुसको भीषण हवाई आक्रमण, मृत्यु हुनेको संख्या २७ पुग्यो
-
भेनेजुएला भूकम्प: १४० टन भग्नावशेषमुनि फसेका व्यक्तिको ८ दिनपछि उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण