विश्व बैंकको ‘नेपाल फिस्कल ड्यासबोर्ड’ : सरकारी आम्दानी र खर्च सम्बन्धी तथ्याङ्क एकै प्लेटफर्ममा
सारांश
- विश्व बैंकले तयार पारेको 'नेपाल फिस्कल ड्यासबोर्ड' मार्फत सरकारी आय, खर्च र ऋणसम्बन्धी तथ्याङ्क हेर्न सकिनेछ।
- यो ड्यासबोर्डले सङ्घ, प्रदेश र स्थानीय तहका सरकारको बजेट, राजस्व, खर्च, ऋण र वित्तीय सूचकहरू एकै ठाउँमा देखाउँछ।
- यस ड्यासबोर्डमा २०१८ देखि २०२२ सम्मका ऐतिहासिक डेटा उपलब्ध छन् र प्रयोगकर्ताले विभिन्न फिल्टर प्रयोग गर्न सक्छन्।
काठमाडौँ । नेपालको सङ्घ, प्रदेश र स्थानीय गरेर तीनै तहका सरकारी आय, खर्च र ऋणसम्बन्धी तथ्याङ्क अब एकै ठाउँमा सहज रूपमा हेर्न सकिने भएको छ । विश्व बैंक नेपालले तयार गरेको ‘नेपाल फिस्कल ड्यासबोर्ड’ गत महिना सार्वजनिक भइसकेको छ।
सोही सन्दर्भमा विश्व बैंक नेपालले शुक्रबार आर्थिक पत्रकारहरूको संस्था नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) समक्ष प्रस्तुतीकरण तथा अन्तरक्रिया गरेको हो ।
यो ड्यासबोर्डमार्फत सङ्घ, प्रदेश र स्थानीय तहका सरकारको बजेट, राजस्व, खर्च, ऋण र वित्तीय सूचकहरू एकै ठाउँमा हेर्न, विश्लेषण गर्न र डाउनलोड गर्न सकिनेछ ।
नेपालमा तीन तहको सरकार छ । सङ्घ, प्रदेश र स्थानीय तहसँग प्रत्येकको आफ्नै बजेट, राजस्व स्रोत र खर्च हुन्छ । ती सबै तथ्याङ्क विभिन्न ठाउँमा छरिएका छन्, जसलाई विश्व बैंकले एउटै प्लेटफर्ममा ल्याएर भिजुअलाइज र विश्लेषण गर्न मिल्ने बनाएको हो ।
यो ड्यासबोर्ड एकीकृत प्रणालीको इन्टरएक्टिभ र प्रयोगकर्तामैत्री रहेको बैंकले जनाएको छ । प्रयोगकर्ताले आफूलाई चाहिएको वर्ष, तथ्याङ्क प्रकार रोज्न सक्छन् र विभिन्न फिल्टर प्रयोग गरेर चार्ट परिवर्तन गर्न सक्छन् । डेटालाई जीडीपीको हिस्सा, कुल बजेटको हिस्सा वा प्रतिव्यक्ति आधारमा पनि हेर्न सकिन्छ ।
ड्यासबोर्डमा सन् २०१८ देखि २०२२ सम्मका ऐतिहासिक डेटा समावेश गरिएका छन् । नयाँ डेटा उपलब्ध हुँदै जाँदा अद्यावधिक गरिने बैंकले जनाएको छ । स्रोतका रूपमा बजेट भाषण, महालेखा नियन्त्रकको कार्यालयले प्रकाशन गर्ने एकीकृत वित्तीय विवरण र नेपाल राष्ट्र बैंक लगायतका सार्वजनिक निकायका तथ्याङ्क प्रयोग गरिएको छ । यी सबै डेटा सार्वजनिक रूपमा उपलब्ध छन् । विश्व बैंकले एउटै प्लेटफर्ममा कम्पाइल गरेर प्रस्तुत गरेका हो।
ड्यासबोर्ड प्रयोग गर्न कुनै लगइन आवश्यक नपर्ने र जोकोहीले स्वतन्त्र रूपमा प्रयोग गर्न सक्ने बताइएको छ । प्रयोगका लागि कुनै अनुमति लिनु पर्दैन, तर डेटा सरकारी स्रोतबाट आएको भएकाले स्रोत उल्लेख गर्नु उपयुक्त हुन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण