बिसोन्स इनर्जी ड्रिंक अब नेपालमा
काठमाडौं । मलेसियाको लोकप्रिय इनर्जी ड्रिंक बिसोन्स अब नेपाली बजारमा बिक्री सुरु भएकोे छ । नेपालका लागि आधिकारिक बिक्रेता नियोज नेपाल सप्लायर्स प्रालिले यसको बिक्री वितरण सुरु गरेको हो । नेपाली बजारमा “पिउँ राम्रो– बिसोन्स हाम्रो” नाराका साथ ल्याइएको नियोज नेपाल सप्लायर्सका कार्यकारी अध्यक्ष विजय राईले बताए ।
“नेपाली बजारमा हालैका वर्षहरूमा इनर्जी ड्रिंकको माग व्यापक रूपमा बढेर गएको छ । विशेषतः खेलप्रेमी र युवा पुस्ताले विश्वका नाम चलेका इनर्जी ड्रिंकको चाहना गर्ने गरेका छन्,” कार्यकारी अध्यक्ष राईले भने– “हामीले युवा पुस्ताको गुणस्तरीय इनर्जी ड्रिंक उपयुक्त मूल्यमा उपलब्ध गराउने प्रतिबद्धतासहित बिसोन्स नेपाली बजारमा भित्र्याएको हौं ।”
“विश्वबजारमा ‘बियोन्सः अनलिस द पावर” नाराका साथ उत्पादन सुरु गरिएको यो इनर्जी ड्रिंक उत्पादक राष्ट्र मलेसियामा बाहेक इन्डोनेसिया, चीन, भियतनाम, क्याम्बोडिया, सिंगापुर मध्यपूर्वका देशहरूबाहेक अमेरिकामा समेत निर्यात हुने गरेको छ ।
कार्यकारी अध्यक्ष राईका अनुसार २५० एमएलमा उपलब्ध बिसोन्स, नेपालमा बिक्री वितरण भइरहेका अन्य विदेशी इनर्जी ड्रिंककै मूल्यमा उपलब्ध हुनेछ । यो इनर्जी ड्रिंक देशका प्रमुख सहरहरूमा एकैसाथ उपलब्ध गराउन आरम्भ गरिएको राईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण