चरेस कारोबार गर्ने पाँच पक्राउ
सारांश
- प्रहरीले चरेश र खैरो हेरोइन सहित पाँच जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक र एक भारतीय नागरिक छन्।
- प्रहरीका अनुसार, उनीहरूबाट ठूलो मात्रामा लागुऔषध बरामद भएको छ र अनुसन्धान जारी छ।
काठमाडौँ । खैरो हेरोइन र चरेससहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले लागूऔषध खैरो हेरोइन र चरेससहित पाँच जनालाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–११ की ३८ वर्षीया कल्पना तामाङ, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका ३१ वर्षीय विशाल श्रेष्ठ, सिन्धुपाल्चोकको चौतारा नगरपालिकाका ३९ वर्षीय अर्जुन थापा, काभ्रेपलान्चोकको तेमाल गाउँपालिकाका ३० वर्षीय सागर तामाङ र भारतीय नागरिक २५ वर्षीय बिपुल बर्मा रहेका छन् ।
पक्राउ परेकाहरूबाट ठुलो परिमाणमा चरेस र खैरो हेरोइन बरामद गरिएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । खैरो हेरोइन बिक्री गर्ने भारतीय नागरिक बिपुललाई विराटनगर र बाँकीलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका पाँच जनामाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण