हङकङ, चाइनासँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित
आइतबार, ०८ चैत २०८२, १६ : ०२
काठमाडाैँ । यही चैत १२ गते दशरथ रंगशालामा नेपाल, हङकङ र चाइनाबिच हुने भनिएकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित गरिएको छ । आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रेस विज्ञप्ति जारी गर्दै उक्त मैत्रीपूर्ण खेल स्थगित गरिएकाे जानकारी दिएकाे हाे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग एन्फाले फागुन १० गते पत्रमार्फत मैत्रीपूर्ण खेलको सञ्चालनको लागि रंगशाला र त्यसको खेलमैदानको लागि स्वीकृति मागेको थियो । यस्तै चैत ३ गते पुन: रंगशालाको फ्लडलाइट, स्कोर बोड र अन्य पूर्वाधारहरु खेलको लागि उपलब्ध गराइदिन पत्र पठाइएको थियो ।
तर एन्फाले गरेको आग्रह र खेल सञ्चालनको स्वीकृति राखेपले नदिएकोले सो खेल स्थगित गरिएको एन्फाका प्रवक्ता सुरेश शाहले बताए ।
यसबाट सम्पूर्ण नेपाली फुटबल प्रेमीहरुमा पर्न गएको असुविधाप्रति एन्फाले क्षमा समेत मागेकाे छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण