केही दृश्य र गीत बाँकी राख्दै ‘कस्तुरी’को छायाङ्कन सकियो
काठमाडौँ । निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘कस्तुरी’को छायाङ्कन सकिएको छ । गाउँको केही दृश्य र गीत बाँकी राख्दै निर्माण युनिटले अहिलेलाई फिल्मको सुटिङ सकाएको जानकारी दियो।
फिल्मका निर्देशक ऋत बोहोरा हुन् । उनका अनुसार ३५ दिनमा नियमित छायाङ्कन भएको छ । काठमाडौँ आसपासमा खिचिएको फिल्मले रहस्य, सस्पेन्स र अपराधका गहिरा तहहरूलाई उजागर गर्नेछ।
फिल्ममा निखिल र वर्षाको अलवा शेखर चापागाईँ, निर्मल शर्मा, नीशा अधिकारी,अर्जुन गुरुङ,भोलाराज सापकोटा,सबी थापा,प्रशान्त केसी,सन्तोष बानियाँ,सुवास बंञ्जन,मिरा पण्डित,घनश्याम जोशी,श्रेया श्रेष्ठ,प्रतिष्ठा थापा,नेहा गौतम र विशेष भूमिकामा गौरव पहारी र हेना नगरकोटीको अभिनय छ।
टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्म निर्देशक बोहोरा आफैले नै लेखेका हुन् । यस फिल्मका निर्माता धिरज कुमार अग्रवाल हुन्। उनी यही फिल्मबाट निर्माताका रूपमा उदाएका छन्। यस फिल्मको को–प्रोड्युसरमा अञ्जली चौधरी रहेकी छन्।
फिल्मको गीतमा सङ्गीत प्रशान्त शिवाकोटीको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले गरेका छन्। निर्माण टिमले फिल्मको अधिकांश छायाङ्कन सकेता पनि प्रदर्शन मिति भने घोषणा गरेका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिता डंगोल इजरायलमा
-
जेलेन्स्कीले फिर्ता गरे पोल्यान्डको सर्वोच्च राष्ट्रिय सम्मान
-
रास्वपा महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित (सूचीसहित)
-
तस्बिरमा हेर्नुहोस् रास्वपा महाधिवेशनमा देखिएको मोही मोह
-
‘भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउने काममा साथ दिन सांसद बनेको हुँ’
-
रास्वपा महाधिवेशनस्थलमा हेल्थ डेक्स (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण