इँटाभट्टाको पर्खाल भत्किएर महिलाको मृत्यु
आइतबार, ०८ चैत २०८२, २० : ४७
ललितपुर । ललितपुरको हरिसिद्धीमा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका–२८ हरिसिद्धीस्थित होसना इँटाभट्टामा आज इँटाभट्टाको पर्खाल भत्किँदा पर्खालले किचिएर रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको हो । पर्खाल भत्किएर गम्भीर घाइते खड्काको ठैंबस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक पूर्णिमाकुमारी चन्दले जानकारी दिए।
उक्त घटनामा चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा रुकुम घर भई सोही इँटाभट्टामा काम गर्ने २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल छन् । गम्भीर घाइते चन्दलाई थप उपचारका लागि मोडल अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक चन्दले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन
-
संसद्मा मन्त्री लम्साल : ३ वर्षमा साढे ११ खर्बको ठेक्कादेखि सांसदले मागेको बजेटसम्म
-
४८ वर्षपछि सक्रिय राजनीतिबाट विश्राम, महराका दुःखदायी उत्तरार्द्ध
-
यो वर्ष १५ खर्ब ८० अर्ब राजस्व उठाइने
-
कृषिमा २ अर्बको सीमा पुनरवलोकन हुँदैन : अर्थमन्त्री
-
प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण