मेडिसिटीले ‘रिट्रिभल मेडिसिन’ सम्बन्धी तालिम आयोजना गर्दै
सारांश
- नेपाल मेडिसिटी अस्पतालले अन्तर्राष्ट्रियस्तरको 'रिट्रिभल मेडिसिन' सम्बन्धी तालिम आयोजना गर्दैछ।
- यो तालिम स्कटल्याण्डको ईएमआरएससँगको सहकार्यमा चैत २३ देखि २७ गतेसम्म सञ्चालन हुनेछ।
- तालिमले हेलिकप्टरमार्फत गरिने उद्धारका क्रममा बिरामीलाई सुरक्षित अस्पताल पुर्याउनेबारे ध्यान केन्द्रित गर्नेछ।
काठमाडौँ। नेपाल मेडिसिटी अस्पतालले मुलुकमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको ‘रिट्रिभल मेडिसिन’ सम्बन्धी उन्नत तालिम आयोजना गर्ने भएको छ। स्कटल्याण्डको इमर्जेन्सी मेडिकल रिट्रिभल सर्भिस (ईएमआरएस) सँगको सहकार्यमा अस्पतालले ‘एड्भान्स ट्रेनिङ एण्ड ट्रेनिङ फर ट्रेनर्स प्रोग्राम इन रिट्रिभल मेडिसिन’ सञ्चालन गर्न लागेको हो। चैत २३ गतेदेखि २७ गतेसम्म चल्ने यस कार्यक्रमले नेपालको आकस्मिक तथा गम्भीर बिरामीहरूको सुरक्षित स्थानान्तरण सेवामा नयाँ फड्को मार्ने लक्ष्य राखेको छ।
विशेषगरी हेलिकप्टरमार्फत गरिने उद्धार (एयर लिफ्ट) का क्रममा गम्भीर अवस्थाका बिरामीलाई कसरी सुरक्षित रूपमा अस्पतालसम्म पुर्याउने भन्ने विषयमा तालिम केन्द्रित रहने अस्पतालका इमर्जेन्सी तथा हाई अल्टिच्युड सर्भिस प्रमुख डा. सञ्जय कार्कीले जानकारी दिए। तालिममा बिरामीको सुरक्षित स्थानान्तरण, व्यवस्थापन, हेलिकप्टरभित्रको उचित अवस्थिति र यात्रा अवधिभर गरिने उपचार प्रक्रियाबारे व्यावहारिक अभ्यास (मक टेस्ट) समेत गराइनेछ।
पाँच दिनसम्म चल्ने उक्त कार्यक्रममा स्कटल्याण्डका विशेषज्ञ प्रशिक्षकहरूले प्रत्यक्ष प्रशिक्षण दिनेछन्। यसका साथै स्वीट्जरल्याण्ड, भारत र जापानका ख्यातिप्राप्त चिकित्सकहरूले समेत यस क्षेत्रका आफ्ना अनुभव र विश्वव्यापी अभ्यासहरू प्रस्तुत गर्नेछन्। तालिममा देशभरका प्रतिष्ठित सरकारी तथा निजी अस्पतालबाट आकस्मिक चिकित्सा सेवामा संलग्न करिब ३० जना विशेषज्ञ स्वास्थ्यकर्मीहरूको सहभागिता रहने अस्पतालले जनाएको छ।
अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले यस्ता कार्यक्रमले नेपालको स्वास्थ्य सेवालाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे। स्वास्थ्यकर्मीहरूलाई दक्ष बनाएर गुणस्तरीय सेवा सुनिश्चित गर्ने उद्देश्य अनुरूप अस्पतालले यो तालिम निःशुल्क रूपमा उपलब्ध गराएको उनले बताए।
यसैगरी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले यो तालिमबाट प्राप्त हुने सीप र ज्ञानले नेपाली स्वास्थ्यकर्मीहरूको क्षमता विकासमा टेवा पुग्ने र बिरामीको उपचार प्रक्रिया थप प्रभावकारी हुने उल्लेख गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण